काेराेना बिमाकाे ११ अर्ब भुक्तानी दिने तयारी

सरकारले कोरोना बीमाको बक्यौता रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढाउने भएको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार १ लाख २९ हजार ४६४ जनाको बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।
ती व्यक्तिको ११ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी छ । यसअघि सरकारले कोरोना बीमा बापतको दाबी भुक्तानीका लागि डेढ अर्ब रुपैयाँ विनियोजन गरिसकेको छ ।
आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमार्फत सरकारले कोरोना बिमामा ५० प्रतिशत अनुदान दिने र निजामती कर्मचारीको निःशुल्क कोरोना बीमा गर्ने घोषणा गरेकाे थियाे ।
अर्थमन्त्री विष्णु पौडेलले कोरोना बीमाको रकम भुक्तानी गर्ने बताए पनि महालेखा परीक्षकले भने यसलाई बेरुजुको शीर्षकमा राखेको छ । हालसम्म सरकारले दिएको डेढ अर्ब रुपैयाँलाई महालेखाको प्रतिवेदनमा बेरुजुको शीर्षकमा राखिएको छ । महालेखाका अनुसार कोरोना बीमाको रकम सरकारले भुक्तानी गर्न मिल्दैन ।