बैंक तथा वित्तीय संस्थाहरूबाट लिएकाे ऋण तिर्नैपर्छ : अर्थमन्त्री

बैंक तथा वित्तीय संस्थाहरूबाट लिएकाे ऋण तिर्नैपर्छ : अर्थमन्त्री अर्थमन्त्री डा. प्रकाश शरण महतले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको बताएका छन् । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिनेहरूका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरूले ऋण तिर्नुपर्ने बताए । इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले बुधबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै उनले केही मानिसहरूले राजनैतिक निहित उद्देश्य लिएर ऋण तिर्नुपर्दैन भन्दै आन्दोलन गरिरहेको भन्दै यस्तो प्रवृत्तिको पछि लाग्नु आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर भएको टिप्पणी गरे । उनले अहिले सहकारीको रूप नै नरहेको र अनुगमन नभएकाे मौका उठाएर केही सञ्चालकहरूले दुरुपयोग गरेको बताए…

झन्डै १० अंकले बढ्याे नेप्से

झन्डै १० अंकले बढ्याे नेप्से सेयर बजार परिसूचक नेप्सेमा मंगलबार झन्डै १० अंकको वृद्धि भएको छ । अघिल्लो दिन १४ अंकले बढेको सूचकमा मंगलबार थप ९.४४ अंकको वृद्धि हुँदै २ हजार ८५.७१ अंकमा उक्लिएको हो । ९ अंकले नेप्से बढ्दा २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्सको ३३ करोड ७६ लाख २ हजार ४७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको १६ करोड ६५ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेपाल रि–इन्स्योरेन्सको ८ करोड ७४ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।…

दुई प्रतिशतले घट्याे मूल्य वृद्धि

दुई प्रतिशतले घट्याे मूल्य वृद्धि अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा यस आर्थिक वर्षको पहिलो ६ महिनामा २ प्रतिशतले मूल्य वृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत छ । २०८० पुस महिनामा घ्यूतथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप–समूहको सूचकाङ्कमा समेत…

ब्लाक एण्ड डेकरकाे ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन

ब्लाक एण्ड डेकरकाे ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले ‘भ्यालेन्टाइन्स डे’ का लागि ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन ल्याएको छ । क्याम्पेनअन्तर्गत ग्राहकले ब्लाक एण्ड डेकरको सामान खरिद गर्दा आकर्षक छुट पाउन सक्नेछन् । डेकरका उत्पादनहरु स्टाइलिश, टिकाउ र भरपर्दो भएकाले आफ्नो नजिकको व्यक्तिलाई गिफ्ट दिन प्रभावकारी र उपयोगी हुने कम्पनीको भनाइ छ । ब्लाक एण्ड डेकरले सामाजिक सन्जालमा एक प्रतियोगिता पनि आयोजना गरेको छ । प्रयोगकर्ताले प्रतियोगिता पोस्टमा आफ्नो जोडीको फोटो कमेन्ट गर्नुपर्नेछ र पोस्ट लाइक शेयर गर्नु पर्नेछ र जसमध्ये एक भाग्यशाली बिजेताले ब्लाक एण्ड डेकरको कफि मेकर…

३० करोड ८७ लाख लाभांश वितरण गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

३० करोड ८७ लाख लाभांश वितरण गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ३० करोड ८७ लाख २० हजार ४ सय ८९ रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । कम्पनीको १९ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको उक्त रकम लाभांशमार्फत वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँ छ । यसको ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख रुपैयाँभन्दा बढी नगद लाभांस (करसहित) वितरणको प्रस्ताव गरेको हो । सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृत गर्नुपर्ने छ ।

नेपाल टेलिकम २१औँ वर्षमा

नेपाल टेलिकम २१औँ वर्षमा सन् २००४ देखि कम्पनीमा परिणत भएको नेपाल टेलिकम साेमबारदेखि २१औँ वर्षमा लागेको छ । सुरुमा नेपाल दूरसञ्चार संस्थानका रुपमा रहेकाे टेलिकमले कम्पनीका रुपमा सेवा दिन थालेको दुई दशक पुग्दा भ्वाइस सेवातर्फ ग्राहकको सङ्ख्या २०८० मङ्सिर मसान्तसम्ममा २ करोड १२ लाख ४२ हजार ५०० पुगेकाे छ । यस्तै, इन्टरनेट डाटातर्फ सोही अवधिमा २ करोड १५ लाख ४४ हजार ३०० जनाभन्दा बढी ग्राहक रहेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा कूल आम्दानी ४४ अर्ब ४२ करोड रुपैयाँ थियो । यसमध्ये ७ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको टेलिकमले जनाएको छ । कूल आम्दानीमध्ये…

काँकडभिट्टाबाट ३ महिनामा साढे ३ अर्बकाे सामान निर्यात

काँकडभिट्टाबाट ३ महिनामा साढे ३ अर्बकाे सामान निर्यात नेपालकाे सुदूर पूर्वीनाका काँकडभिट्टाबाट कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा ३ अर्ब ६९ करोड ५ लाख मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन भारत, बङ्गलादेशलगायतका मुलुकमा निर्यात भएको छ । यस अवधिमा सबैभन्दा बढी १ अर्ब ६६ करोड ८ लाख मूल्य बराबरको चिया निर्यात भएकाे छ भने अलैँची, अम्रिसाे, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा गएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार ९८ करोड ९६ लाख बराबरको अलैँची, ५३ करोड १२ लाख बराबरको प्लाइउड, ३० करोड ४६ लाख मूल्यको अदुवा र १३ करोड ८१ लाख २० हजार मूल्य बराबरको अम्रिसाे निर्यात भएको छ…

अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको प्रधानमन्त्रीकाे दाबी

अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको प्रधानमन्त्रीकाे दाबी प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको बताएका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिबार उदघाटन गर्दै दाहालले पछिल्लाे समय अर्थतन्त्र ठीक बाटोमा अगाडि बढेको दाबी गरेका हुन् । प्रभावकारी कार्यान्वयन गर्न अब सरकारले बजेट बनाउने ढाँचा नै बदल्ने पनि उाले बताएका छन् । आर्थिक वर्ष २०८१/०८२ को बजेट बक्तव्यमा ३ करोडभन्दा कम लागतका योजना संघीय सरकारले कार्यान्वयन नगर्ने निर्णय भईसकेको उनले जानकारी गराए । दाहालले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा पनि जोड दिए । रौतामाई गाउँपालिका–२ स्थित भुट्टारमा करिब १० कट्टा…

६ महिनामा डेढ अर्बको दुग्धजन्य पदार्थ आयात

६ महिनामा डेढ अर्बको दुग्धजन्य पदार्थ आयात नेपालले ६ महिनाको अवधिमा झन्डै डेढ अर्ब रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ भित्र्याएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४३ करोड ८९ लाख २३ हजार रुपैयाँको दुग्धजन्य पदार्थ भित्रिएको हो । सोही अवधिमा नेपालबाट केही परिमाणमा दुग्धजन्य वस्तु पनि बाहिरिएको छ । जसअनुसार ६ महिनाको अवधिमा ६ करोड ३४ लाख ६५ हजार रुपैयाँको दुग्धजन्य पदार्थ निर्यात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । दुग्धजन्य पदार्थमा नेपालले १ अर्ब ३७ करोड ५४ लाख ५८ हजार व्यापार घाटा बेहोरेको छ । ६ महिनाको दुग्धजन्य पदार्थको कारोबारबाट ५७ करोड ७८ लाख…

फेब्रुअरी १५ मा दुबईमा रोजगार मेला

फेब्रुअरी १५ मा दुबईमा रोजगार मेला सन् २०२४ फेब्रुअरी १५ मा दुबईमा रोजगार मेला हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले विभिन्न सरोकारवालाहरुको सहकार्यमा मेला गर्न लागेको हो । दुबईको अबुधाबीमा हुने मेलामा मन्त्रालय र बोर्डका प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायीहरु, पर्यवेक्षक एवं आमन्त्रित व्यक्तिहरु, रोजगारदाताहरु समेत गरी करिब २५० जना सहभागी रहनेछन् । मेलामा ५० वटा स्टल रहनेछ । जसमा वैदेशिक रोजगार बोर्डको समेत एउटा स्टल रहनेछ । मेलामा सहभागी हुने सरकारी प्रतिनिधिमण्डलको संख्या र नाम टुंगो लागेको छैन ।