सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ । बैंकले गण्डकी प्रदेश अन्तर्गत बेनी शाखा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । बैंकले गण्डकी प्रदेश बेनी नगरपालिका वडा नं ६ अर्थुङेमा स्थानीय बेनी सञ्जिविनी हेल्थ क्लिनिक सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधी वितरण गरिएको थियो । यसैगरी कर्णाली प्रदेशको सुर्खेत जिल्ला, बराहताल गिरीघाटमा स्थानीय जि.पी.मेमोरियल नर्सिङ होम सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरहरूमा करिब ३०० जना भन्दा बढी व्यक्तिहरूले सेवा प्राप्त गरेका थिए । निकट भविष्यमा पनि…

शाओमीले ल्यायो ‘नयाँ साल–नयाँ नोट’ अफर

शाओमीले ल्यायो ‘नयाँ साल–नयाँ नोट’ अफर ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर ल्याएको छ । जसअन्तर्गत ग्राहकहरुले रेड्मी बड्स ४ एक्टिभ फ्रि मा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् । रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो + ५ जि को खरिदमा ग्राहकले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ रु. ३,४९९ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन् जसको वास्तविक मुल्य रु. ५,६९९ हो । त्यसैगरी रेडमी नोट १३ खरिद गर्दा भने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाउनेछन् । यस अफरले नेपाली…

सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा

सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेकाे छ । कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब ७ सय ९० मिटर मात्र खन्न बाँकी छ । सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएको खण्डमा एक महिनाभित्र ‘ब्रेक थ्रू’ भइसक्ने आयोजना प्रमुख मित्र बरालले जानकारी दिए । तराई मधेसमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको याे आयोजनालाई सरकारले प्राथमिकतामा राखेकाे छ । सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु…

अर्थमन्त्रीको सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त

अर्थमन्त्रीको सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त अर्थमन्त्री वर्षमान पुनको सल्लाहकारमा अर्थशास्त्री प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयको उपकुपतिको दाबेदार रहेका अर्थशास्त्री थापालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री पुनको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । उनी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन् । माओवादीनिकट प्राध्यापक थापा त्रिविको उपकुलपतिका लागि पार्टी कमिटीबाट सिफारिस भएका थिए । तर, उपकुपति छनोट प्रक्रिया खुला प्रतिस्पर्धामा गएको थियो । खुला प्रतिस्पर्धाका बेलामा पनि उनी दाबेदार थिए । यद्यपि, उनी अन्तिम तीन जनाको सूचीमा भने पर्न सकेनन् ।

एनआइसी एसियाले मनायो ‘ग्लोबल मनी विक’

एनआइसी एसियाले मनायो ‘ग्लोबल मनी विक’ एनआइसी एसिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थीमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर ‘ग्लोबल मनी विक २०२४’ सम्पन्न गरेको छ ।नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको ‘ग्लोबल मनी विक’ का अवसरमा एनआइसीका सातै प्रदेशका सयभन्दा बढी शाखाले विद्यार्थी तथा युवालाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । यस अभियानबाट ६ हजारभन्दा धेरै जना लाभान्वित भएका छन् भने ३० भन्दा धेरै शाखाले विभिन्न विद्यालयका २५० भन्दा धेरै विद्यार्थीलाई आफ्नो शाखा भ्रमण गराउँदै बैंकिङ्ग प्रणालीका बारेमा जानकारी गराएका…

आमजनताले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा राख्न निर्देशन

आमजनताले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा राख्न निर्देशन अर्थमन्त्री वर्षमान पुनले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन सक्ने खालका कार्यक्रम आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा समेट्न निर्देशन दिएका छन् । अर्थसचिव कृष्णहरि पुष्कर, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरू, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उपमहानिर्देशकहरूलाई राखेर शनिबार बजेटका प्राथमिकताबारे निर्देशन दिएका हुन् । उनले सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबिच तालमेल हुनुपर्नेमा जोड दिँदै सत्ता साझेदार दलहरूबीचको न्यूनतम साझा कार्यक्रमभित्र रही विषयगत मन्त्रालयहरूसँगको समन्वयमा बजेट वक्तव्य तयार पार्न निर्देशन दिए । ‘उत्पादन र उत्पादकत्व अभिवृद्धिमार्फत रोजगारीका थप अवसर सिर्जना हुने…

राम्राे व्यवस्थापनमा चलिरहेका ९ सहकारीमा गम्भीर समस्या : राष्ट्र बैंक

राम्राे व्यवस्थापनमा चलिरहेका ९ सहकारीमा गम्भीर समस्या : राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले राम्रो व्यवस्थापनमा चलिरहेका सहकारीमा पनि गम्भीर समस्या देखिएको जनाएको छ । राष्ट्र बैंक र सहकारी विभागको अनुगमनमा राम्रा भनिएका सहकारीमा समेत संस्थागत सुशासनमा समस्या देखिएको हाे । राष्ट्र बैंकका प्रतिनिधिसहितको संयुक्त टोलीले काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोकमा सञ्चालित नौ वटा सहकारीकाे अनुगमन गरेको थियो । सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायको नेतृत्वमा तीन फरक टोली बनाएर ती सहकारीकाे अनुगमन गरिएको हाे । सञ्चालक र व्यवस्थापकले पदीय दुरुपयोग गर्ने, संस्थाको धेरै कर्जा चलाउने, आफ्ना मान्छेलाई अस्वाभाविक तलब दिने र अन्य कर्मचारीको श्रम शोषण गर्नेजस्ता समस्या अनुगमन क्रममा देखिएको अनुगमनमा संलग्न…

‘सातामा दुई दिन मन्त्रीहरुले स्वदेशी पाेशाक लगाउने व्यवस्था गर्छाैं’

'सातामा दुई दिन मन्त्रीहरुले स्वदेशी पाेशाक लगाउने व्यवस्था गर्छाैं' उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा सातामा दुई दिन स्वदेशमा उत्पादित पोसाक लगाउने व्यवस्था गर्ने सरकारले सोच बनाएको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्वारा ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित ‘विद्यमान व्यावसायिक समस्या तथा समाधान विषयक’ अन्तरक्रियामा उनले नेपाली पोसाकको प्रयोग पहिलो चरणमा सबै मन्त्रीहरूले गर्ने बताए । मन्त्री भण्डारीले भने, ‘हप्तामा दुई दिन नेपाली कोट, पाइन्ट, जुत्ता, टोपी शिरदेखि पाउसम्म राज्यका सबै निकायमा उपभोग गर्ने नीति हामी ल्याउँदै छौँ । पहिला सबै मन्त्री त्यसपछि सांसद र स्थानीय तहका जनप्रतिनिधिले लगाउने छन् ।’ उनले नेपाली बजारमा स्वदेशी उत्पादनको…

धनगढीबाट काठमाडाैं उडेकाे श्री एयरकाे जहाज भैरहवा लगेर अवतरण

धनगढीबाट काठमाडाैं उडेकाे श्री एयरकाे जहाज भैरहवा लगेर अवतरण धनगढीबाट काठमाडाैंका लागि उडेको श्री एयरलाइन्सको जहाज बिहीबार भैरहवामा आपतकालीन अवतरण गरिएको छ । बिहान ७: १२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि बिहान ९:३४ मा भैरहवा विमानस्थलमा आपतकालीन अवतरण गरिएको हाे । ८० सिट क्षमताको जहाजमा दुई बच्चासहित ७७ यात्रु थिए । काठमाडाैंमा अवतरण गर्ने क्रममा माैसम बिग्रिएपछि जहाज आकाशमा होल्ड गरी अन्तिममा भैरहवामा अवतरण गरिएको थियो ।

भैरहवामा खुल्यो मोटरसाइकलको एसेम्ब्लिङ प्लान्ट

भैरहवामा खुल्यो मोटरसाइकलको एसेम्ब्लिङ प्लान्ट नेपालमा होन्डा मोटरसाइकलको एसेम्ब्लिङ सुरु भएकाे छ । होन्डाका मुख्य बिजनेस युनिटका भाइस-प्रेसिडेन्ट मिनोरु काटोले बुधबार भैरहवामा होन्डा ‘एसेम्ब्लिङ प्लान्ट’ उद्‍घाटन गरका छन् । १ अर्ब ५० करोड लगानीमा दुई लाख स्क्वायर फुट क्षेत्रफलमा फैलिएको प्लान्टले वार्षिक एक लाख वटा मोटरसाइकल र स्कुटर उत्पादन गर्ने कम्पनीले बताएको छ । एसेम्ब्लिङ प्लान्ट स्थापना भएसँगै सहायक कम्पनी हिमाल मोटो प्रालि मार्फत उत्पादनको बिक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्भिसिङ सेवा उपलब्ध हुने नेपालका लागि होन्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङले जनाएको छ। नेपालमा ५५ वर्षदेखि विक्री हुँदै आएको होन्डा दुई पाङ्ग्रे सवारीमा नेपालकै सर्वाधिक बिक्री हुनेमध्येको ब्राण्ड हो ।…