आयल निगमका ६ डिपो प्रमुखसहित २१ कर्मचारीको सरुवा
आयल निगमका ६ डिपो प्रमुखसहित २१ कर्मचारीको सरुवा नेपाल आयल निगम लिमिटेडले ६ डिपो प्रमुखसहित २१ कर्मचारीको सरुवा गरेको छ । निगम व्यवस्थापनको निर्णयअनुसार मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा उपनिर्देशक प्रलयंकर आचार्यलाई पठाएको छ । उनी केन्द्रीय कार्यालयको प्रशासन महाशाखामा थिए । अमलेखगंजका विनीतमणि उपाध्यायको केन्द्रीय कार्यालय इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग प्रमुखमा सरुवा भएको छ । पाइपलाइन तथा भण्डारण गृहलगायतका ठूला परियोजना निर्माण गर्ने यो विभागको एक वर्षयता कार्यसम्पादन सन्तोषजनक नभएकाले न्यून बजेट खर्च भएको भन्दै । उपाध्यायलाई इन्जिनियरिङ विभागको नेतृत्वमा ल्याएको छ । सबै कर्मचारीहरू अनुभव र कार्यक्षमताका आधारमा सरुवा भएका छन । चालू आव ०८१/८२ मा निगमले अमलेखगन्ज–चितवन तथा सिलगुढी–झापा पाइपलाइन…