नयाँ बजेटका के–के छन् प्राथमिकता ?
नयाँ बजेटका के–के छन् प्राथमिकता ? आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजामती कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता नबढ्ने भएको छ । ‘प्रधानमन्त्री आत्मनिर्भर छोरी कार्यक्रम’ मा भने भारी बजेटका साथ लैजान खोजिएको छ । कतिपयले यो कार्यक्रम कार्यकर्तामुखी भएको टिप्पणी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत कार्यान्वयन हुने यो कार्यक्रमको लागि मात्र १६ अर्बको प्रस्ताव गएको छ । सशस्त्र द्वन्द्व र जनआन्दोलनमा घाइते भएका र अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता, द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्तिजस्ता नाम दिएर यो पटक कार्यकर्ता र वितरणमुखी भारी रकम विनियोजनको तयारी छ । यस्तै स्टार्टअपको प्रवर्द्धनलाई राष्ट्रिय अभियानकै रूपमा सञ्चालनको तयारी छ…