भक्तपुरमा खाद्य अनुगमन, बेकरीकाे उत्पादनमा राेक
भक्तपुरमा खाद्य अनुगमन, बेकरीकाे उत्पादनमा राेक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर क्षेत्रका डेरी तथा बेकरी उद्योगका खाद्य पदार्थ अनुगमन गरेको छ । विभागले भक्तपुर नगरपालिका परिसरमा रहेका दुइटा डेरी तथा बेकरी उद्योगको अनुगमन गरी दूध तथा तेलको नमुना सकंलन तथा परीक्षण गरेको हाे । अनुगमन क्रममा श्री गणेश बेकरीले उद्योग दर्ता नगरी र खाद्य अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गरेको पाइएको थियो । उक्त उद्योगले मसीजन्य पत्रिका प्रयोग गरी प्रशोधन गर्दै गरेको करिब ६४ किलो केक नष्ट गरेर कारबाही गरिएको विभागले जनाएको छ । सम्बन्धित निकायमा उद्योग दर्ता गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमतिपत्र लिएरमात्र प्रशोधित खाद्य…