पुँजी बजारमा अप्रत्यासित घटबढप्रति सांसदहरुकाे चासाे
पुँजी बजारमा अप्रत्यासित घटबढप्रति सांसदहरुकाे चासाे संसदीय समिति अन्तर्गतको अर्थ समितिमा बिहीबार धितोपत्र बोर्डका अध्यक्ष महेश बराल र सांसदहरुबीच सवालजवाफ भएको छ । खासगरी नयाँ सरकार आएसँगै एकाएक पुँजी बजारमा आएको उतारचढावबारे सांसदहरूले बोर्डका अध्यक्षलाई प्रश्न राखेका थिए । ‘एकै दिन १४५ अङ्कसम्म नेप्से घट्छ, फेरि अर्को दिन लगत्तै १०८ अङ्कले बढ्छ, यसलाई कसरी लिने ?’ सांसदहरूको मुख्य सरोकार थियो । सरकार परिवर्तन हुँदैमा रातारात पुँजी बजार बढ्नुपर्ने कुनै कारण नभएको सांसद मेटमणि चौधरीले बताए । ‘बजार अस्वाभाविक रूपमा घटबढ भइरहेको छ, कताकतै चलखेल भइरहेको छ भन्ने पनि सुनिन्छ । खास के हो ? यसमा नियामकले हेर्नुपर्ने हो कि होइन…