ताताेपानी भन्सार गाेदाममा थन्किएकाे ११ महिनापछि काठमाडाैं भित्र्याइँदै ३५ सय टन रासायनिक मल
ताताेपानी भन्सार गाेदाममा थन्किएकाे ११ महिनापछि काठमाडाैं भित्र्याइँदै ३५ सय टन रासायनिक मल चीनबाट आयात गरेर सिन्धुपाल्चाेकस्थित ताताेपानी भन्सार कार्यालयकाे गाेदाममा ११ महिना थन्किएकाे रासायनिक मल बल्ल काठमाडौँतर्फ ढुवानी गर्न थालिएकाे छ । आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल ढुवानी हुन थालेको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि ३ हजार ५ सय टन मल काठमाडौँ पठाइएको भन्सार कार्यालयले जनाएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार ३ हजार ५ सय टन मलमध्ये हालसम्म १ हजार २ सय टनभन्दा बढी जाँच पास भइसकेकाे छ । बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाे उनले जानकारी…