दोहोरो अंकले घट्याे सेयर बजार
दोहोरो अंकले घट्याे सेयर बजार साताकाे चाैथाे दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबारदेखि दोहोरो अंकले बढ्दै आएको नेप्से परिसूचक चौथो दिन बुधबार २१.६७ अंकले घटेर २०९७.९३ बिन्दुमा अडिएको हो । बुधबार बजारमा १ करोड ४७ लाख ७७ हजार १२० कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ । गत सोमबार मात्रै १० अंकले बढेर २१ सयको बिन्दुमाथि पुगेको परिसूचक आज २१ अंकले घटेर २१ सयको बिन्दुभन्दा तल झरेको हो । आजको कारोबारमा समलिङ पावर कम्पनी, मन्दकीनी हाइड्रोपावर र पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सार्वधिक नाफा कमाएका छन् भने मेँछियम हाइड्रोपावर…