३६ वटा लघुबित्त नाफा कमाउन सफल

चालु आर्थिक वर्षको ६ महिनामा ३६ वटा लघुबित्तले नाफा कमाउन सफल भएका छन् । ती लघुबित्तले ९० करोड ७३ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेकाे नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कुल ५७ मध्ये २१ वटा लघुवित्त भने घाटामा गएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेकाे लघुवित्त वित्तीय संस्थाहरुको अर्धवार्षिक वित्तीय अवस्थामा जनाइएअनुसार ५७ लघुवित्त वित्तिय संस्थामा २१ वटा लघुवित्तहरु नोक्सानमा छन् । यस्तै लघुवित्तहरुको खराब कर्जा ६.८५ प्रतिशत पुगेको छ ।
यस अवधिमा यी लघुवित्त कम्पनीको लगानी प्रतिफल क्षमता २.८३ प्रतिशत मात्र छ । लघुवित्तले आफ्ना लगानीकर्तालाई २.८३ प्रतिशत मात्र लगानी प्रतिफल दिन सक्ने अवस्था छ । यसैगरी, लघुवित्त वित्तीय संस्थाले १४.७९ प्रतिशत आधार दर (बेसरेट) मा कर्जा लगानी गरिरहेका छन्। राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई १५ प्रतिशतसम्म आधार दरमा कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
चालु आर्थिक वर्षको ६ महिनासम्म लघुवित्त वित्तीय संस्थाको पुँजी कोष अनुपात ११.३२ प्रतिशत छ भने २ अर्ब ७० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन छ ।