सांसद विकास कोषको रकम दूध किसानलाई दिन माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपककुमार सिंहले सांसद विकास कोषको रकम दिएर दूध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले कोषको रकम किसानलाई भुक्तानी दिन माग गरेका हुन् ।
‘यदि सरकारसँग पैसा छैन भने माननीय कोषको लागि पाँच पाँच करोड रुपैयाँ दरले छुट्याउने भनेर अर्बौ जम्मा भएको छ, त्यो कोषबाट दूध किसानलाई भुक्तानी गरिपाउँ’, उनले बैठकमा भने ।
आफूहरुलाई कोषको पाँच करोड नचाहिएको पनि उनले बताए । उनले मिटरब्याजी र सहकारी ठगलाई सरकारले नै संरक्षण गरेको आरोप लगाए।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
1
+1
+1