ग्लोबल आइएमईका ४१ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

ग्लोबल आइएमई बैंक लिमिटेडले ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीले सहभागिता जनाए ।
विभिन्न जिल्लाका ४१ ठाउँमा सञ्चालित कार्यक्रममा ५ हजारभन्दा बढी व्यक्तिलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएकाे छ ।
बैंकका अनुसार काेसीमा झापाकाे दमक र मोरङ्गको विराटनगर, मधेशमा सर्लाहीको मलंगवा, बागमतीमा काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, रामेछापको दोरम्बा शैलुङ गाउँपालिका, मन्थली नगरपालिका, धादिङको गल्छी गाउँपालिका, रसुवाको कालिका गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिकामा कार्यक्रम गरिएकाे थियाे ।
त्यसैगरी, गण्डकीमा स्याङजाको वालिङ्ग नगरपालिका, नवलपरासीको गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका, विनयी–त्रिवेणी गाउँपालिका, लमजुङको बेशीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका र तनहुँको भानु नगरपालिकाका, लुम्बिनीमा कपिलवस्तुको महराजगंज नगरपालिका, बाणगङ्गा नगरपालिका, दाङको दंगीशरण गाँउपालिका, राप्ती गाउँपालिका, गुल्मीको मालिका गाउँपालिका, मुसीकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, नवलपरासीको रामग्राम नगरपालिका, पाल्पाको पूर्वखोला गाउँपालिका, रोल्पाको रोल्पा नगरपालिका, रुपन्देहीको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रोहिणी गाँउपालिका, सिद्धार्थनगर नगरपालिका, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका तथा सुदूरपश्चिममा बैतडीको डिलासैनी गाउँपालिका, डडेल्धुराको अमरगढी नगरपालिकामा कार्यक्रम गरिएकाे थियो ।