सत्तारुढ दलका नेताहरुसँग अर्थमन्त्रीकाे छलफल

आगामी नीति तथा कार्यक्रम, बजेटको तयारीलगायत विषयमा सत्ता साझेदार गठबन्धनबीच साझा धारणा तयार गर्न अर्थमन्त्री वर्षमान पुनले आइतबार सिंहदरबारमा पूर्व अर्थमन्त्री र सत्तारुढ दलका अर्थ विभाग हेर्ने नेताहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छाडेर नयाँ गठबन्धन बनाएसँगै मुलुककाे बिग्रँदाे अर्थ व्यवस्था सम्हाल्ने जिम्मेवारी पाएका पुनले आर्थिक क्षेत्रका अनुभवीहरुसँग छलफल गरिरहेका छन् । यही क्रममा पूर्वअर्थमन्त्री र दलका आर्थिक विभाग हेर्ने नेताहरुकाे सल्लाह र सुझाव लिन लागिएकाे पुनकाे सचिवालयले जनाएकाे छ ।

एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीको पाँच दलीय नयाँ सत्ता समीकरण बनेसँगै पुनले फागुन २४ मा अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सत्तारुढ दलका नेताहरुसँग अर्थमन्त्रीकाे छलफल