फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता सेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । आइतबारदेखि लिलामीमा राखिएकाे सेयर खरिद गर्न चैत १२ भित्र गोप्य बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।
न्यूनतम मूल्य ३१५ रुपैयाँ हुनुपर्नेगरी बोलकबोल आवेदन माग गरिएको छ । उच्च मूल्य दिएका आधारमा सेयर बाँडफाँट हुने क्यापिटलले जनाएको छ । न्यूनतम १५ हजार कित्ता र अधिकतम डेढ लाख कित्ताकै लागि आवेदन दिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
1
+1
+1