१२.५८ अंकले बढ्याे नेप्से

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक पहिलो कारोबार दिन आइतबार १२.५८ अंकले बढेको छ ।

हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, लघुवित्त, निर्जीवन बीमा, बैंक, विकास बैंक, फाइनान्स र अन्य सेक्टर बढेका छन् भने होटल तथा पर्यटन र म्युचुअल फन्ड घटेका छन् । फाइनान्स कम्पनीका लगाीकर्ताले गएको साता बढी जोखिम महसुस गरेर सेयर बिक्री गरेका थिए ।

आइतबार १ सय ७१ कम्पनीको सेयर मूल्य बढको छ भने ६८ को घटेको छ । चारको मूल्य स्थिर छ । नेप्सेका अनुसार आइतबार कुल १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६ सय २४ रुपैयाँ बराबर कारोबार भएको छ ।

आज बोटलर्स नेपाल बालाजुको सेयर १० प्रतिशत बढेको छ । त्यस्तै विन नेपाल लघुवित्तको ९.०९, सामलिङ पावर कम्पनी ७.४६, नेपाल रिपब्लिक मिडिया ७.३७ र एनएमबी डिबेन्चरको ७.३५ प्रतिशतले मूल्य बढेको छ ।

आज सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । त्यस्तै एनआईसी एसिया सेलेक्ट फन्ड ६.९३, रिभर फल्स पावर ६.४५, ११ प्रतिशत केबीएल डिबेन्चर ५.२५ र अपर हेवाखोला हाइड्रोपावरको ४.४२ प्रशितले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

१२.५८ अंकले बढ्याे नेप्से