बिग सीजी डे : ३६ प्रतिशतसम्म छुट

चौधरी ग्रुपअन्तर्गत सीजी डिजिटलले ‘बिग सीजी डे’ सुरु गरेको छ । ग्राहकलाई आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ फेब्रुअरी २४ मध्यरातदेखि विगतका वर्षहरूकाे भन्दा ठूलो ‘बिग सीजी डे’ सुरु भएकाे हो ।
‘बिग सीजी डे’मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्सका विभिन्न उत्पादन तथा सेवा सुविधामा विभिन्न अफर राखिएको छ ।
‘बिग सीजी डे’को मुख्य हाइलाइटहरु ८०० भन्दा बढी सामानमा ३६ प्रतिशतसम्मको छुट, थप १० प्रतिशतसम्मको मेगा भौचर, २४ हजारसम्म क्यास ब्याक, डेल्ली गिभ-अवेको रूपमा १० दिनसम्म हरेक दिन एक जना लक्की विजेताले आफूले किनेको सामान बराबरको अर्को सामान नि:शुल्क किन्न पाउने, ४१४१ सम्म सीजी प्वाइन्ट रहेको कम्पनीले जानकारी जनाएको छ ।
बैंक छुटको सन्दर्भमा ‘बिग सीजी डे’मा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्डमार्फत २० प्रतिशत अधिकतम २ हजार रुपैयाँ र क्रेडिट कार्डमार्फत २५ प्रतिशत अधिकतम २५ सय रुपैयाँ बचत गर्न सक्ने जनाएको छ ।