शेयरधनीलाई शिवम् सिमेन्ट्सको १५ प्रतिशत लाभांश

शिवम् सिमेन्ट्स लिमिटेडको हालै सम्पन्न आठौं वार्षिक साधारण सभाले आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट (शेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी रु ४ अर्ब ४० करोडको १४.२५ प्रतिशतका दरले रु. ६२ करोड ७० लाख बराबरको बोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) रु. ३ करोड ३० लाख नगद लाभाँस सहित आफ्ना शेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको कम्पनीले जनाएको छ ।

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्ब र जारी तथा चुक्ता पूँजी रु. ४ अर्ब ४० करोड रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा बृद्धि भई ५ अर्व २ करोड ७० लाख कायम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

शेयरधनीलाई शिवम् सिमेन्ट्सको १५ प्रतिशत लाभांश