खाना पकाउने ग्यास परल मूल्यमा बिक्री गरी उपभोक्तालाई अनुदान रकम खातामा पठाइदिने आयल निगमको तयारी

खाना पकाउने ग्यास परल मूल्यमा बिक्री गरी उपभोक्तालाई अनुदान रकम खातामा पठाइदिने आयल निगमको तयारी काठमाडौं । खाना पकाउने ग्यास परल मूल्यमा बिक्री गरी घरायसी उपभोक्तालाई अनुदान रकम खातामा पठाइदिने तयारी नेपाल आयल निगमले थालिएको छ ।नेपाल आयल निगमले उपभोक्तालई अनुदान दिने भन्दै परल मूल्यभन्दा कममा एलपी ग्यास बिक्री गरिरहेको छ । यसरी सबै उपभोक्तालाई अनुदान दिनु समन्यायिक दृष्टिले उचित नहुने मात्रै होइन, निगमको वित्तीय स्वास्थ्यमा पनि घातक देखिएको छ ।व्यावसायिक प्रयोजनमा प्रयोग हुने एलपी ग्यासलाई अनुदान नदिई बिक्री गर्ने प्रयास निगमले लामो समयदेखि गरिरहे पनि त्यो सफल हुन सकेको छैन ।अब भने निगमले बजारमा परल मूल्यमै ग्यास बिक्री गर्ने…

मार्जिन कारोबारका लागि १०२ कम्पनी योग्य

मार्जिन कारोबारका लागि १०२ कम्पनी योग्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । नेप्सेले मार्जिन कारोबार योग्य १०२ कम्पनीको सूची सार्वजनिक गरेको हो । नेप्सेका अनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य कम्पनीहरूको सूची सार्वजनिक गरिएको छ । नेप्सेमा सूचीकृत ३२५ भन्दा बढी कम्पनीमध्ये १०२ वटा कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्यमा परेका छन् । मार्जिन कारोबारयोग्य कम्पनीहरूमा १६ वटा वाणिज्य बैंक परेका छन् भने ६ वटा विकास बैंक परेका छन् । त्यस्तै, एक फाइनान्स कम्पनी, ३३ लघुवित्त वित्तीय संस्था, ९…

रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा

रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा एनएमबि बैंक लिमिटेडले रुकुम स्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सोमबार आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२औं शाखाको उद्घाटन गरेका हुन् । सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । आठविसकोट शाखा मार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ । आठविसकोट शाखा सहित, एनएमबि बैंकले हाल देशभरी…

अमेरिकाले राेक्याे नेपाललाई दिँदै आएको चार परियाेजनाकाे सहयोग

अमेरिकाले राेक्याे नेपाललाई दिँदै आएको चार परियाेजनाकाे सहयोग अमेरिकाले नेपाललाई दिँदै आएको चार परियाेजनाकाे सहयोग रोकेको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेसँगै जारी गरेको कार्यकारी आदेशको प्रभावस्वरुप अमेरिकी सहयोग नियोग युएसएड मार्फत प्रदान हुँदै आएको सहयोग रोकिएको हो । अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो सहयोग रोकिएको जानकारी दिएको छ। २०२२ मे ५ मा यूएसएड र नेपाल सरकारबिच सम्झौता भई डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट (डीओएजी) मार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायता मध्ये बजेट प्रणाली मार्फत सर्वसञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका चारवटा आयोजनाको सहयोग रोकिएको मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए । यसरी सहयोग रोकिएका परियोजनाहरूमा युएसएड हेल्थ डाइरेक्ट…

१ कराेडकाे बैंक ग्यारेन्टी बुझाएर रिहा भए लामिछाने

१ कराेडकाे बैंक ग्यारेन्टी बुझाएर रिहा भए लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बैंक ग्यारेन्टीमार्फत रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भएका छन् । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको थियो । सोही अनुसार उनी आइतबार बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भएका हुन् । गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले धरौटीमा रिहा गर्ने आदेश गरेको हो । थुनछेक बहसमा सरकारी वकिलहरुले लामिछाने बाहिर रहँदा पीडितको न्याय प्रभावित हुने भन्दै थुनामा राख्नुपर्ने जिकिर गरेका थिए। तर, उनकाे पक्षका…

नयाँ सरकार बनेपछि अर्थतन्त्रमा सुधार आएकाे छ : अर्थमन्त्री

नयाँ सरकार बनेपछि अर्थतन्त्रमा सुधार आएकाे छ : अर्थमन्त्री उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्र सुधार भएको बताए । बिराटनगर बिमानस्थलमा शनिबार सञ्चारकर्मीसंग कुरा गर्दै उनले गत वर्षभन्दा यस वर्षको पछिल्लो ६ महिनामा आर्थिक सूचकहरु सकारात्मक देखिएकाले अर्थतन्त्र चलायमान हुने बताए । पौडेलले अर्थतन्त्रमा सुधार आउने क्रम बढेकाले चालू आर्थिक वर्षको अन्त्य सम्ममा पूँजीगत खर्च बढ्ने जिकिर गरे । सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको उनले बताए । उपप्रधानमन्त्री पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने भ्रमपूर्ण र हावादारी कुरा दिनदिनै हुने गरेको भन्दै बजारु र हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका…

बैंककाे अवस्था खस्किएपछि एनआइसी एसियाका सिइओले दिए राजीनामा

बैंककाे अवस्था खस्किएपछि एनआइसी एसियाका सिइओले दिए राजीनामा एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राेशनकुमार न्याैपानेले राजीनामा दिएका छन् । २०७५ मङ्सिरमा सिइओ नियुक्त भएका न्यौपानेलाई २०७९ कात्तिकमा पुन: निरन्तरता दिइएको थियो । कार्यकाल २०८३ कात्तिकसम्म रहे पनि बैंकको अवस्था बिग्रन थालेपछि उनी बीचमै बाहिरिन खोजेका हुन् । तर, न्यौपानेले आक्रामक रूपमा व्यवसाय विस्तार गरेको र त्यसबाट बैंकमा समस्या देखिन थालेको बेला उनी बाहिरिँदा नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले राजीनामा स्वीकृत गरिनसकेको स्रोतहरूले बताएका छन् । न्यौपाने सीइयाे बनेपछि बैंक व्यवसाय विस्तारमा आक्रामक रूपमा लागेको थियो । उनको नेतृत्वमा व्यवसाय बढाउने नाममा जथाभावी कर्जा प्रवाह गरेपछि बैंकको सूचक…

भन्सार जाँचपास प्रक्रिया सहज बनाउन आग्रह

भन्सार जाँचपास प्रक्रिया सहज बनाउन आग्रह उद्योगी–व्यवसायीले भन्सार जाँचपास प्रक्रिया थप सहज बनाउन सरकारलाई आग्रह गरेका छन् । भन्सार दिवसको पूर्वसन्ध्यामा नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस तथा भन्सार जाँचपास एवं व्यापार सहजीकरण अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै उद्योगी–व्यवसायीले तयारी वस्तु, कच्चापदार्थ तथा मध्यवर्ती वस्तुलाई स्पष्ट गरी भन्सार दर पुनरावलोकन गर्न सके उत्पादन क्षेत्र वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने बताए । अर्थ सचिव डा. रामप्रसाद घिमिरेले सरकारले निजी क्षेत्रको लगानीमा सहजीकरण गर्ने गरी नै नीतिगत सुधार गर्दै आइरहेको बताए । ‘देशको आर्थिक विकासमा निर्यातको ठूलो भूमिका रहन्छ । हामी हाम्रा उद्योगी–व्यवसायीलाई कसरी सहजीकरण गर्न सकिन्छ…

६ महिनामा काठमाडौं महानगरपालिकाकाे बजेट खर्च १७ प्रतिशत

६ महिनामा काठमाडौं महानगरपालिकाकाे बजेट खर्च १७ प्रतिशत देशकै ठूलो बजेट ल्याउने स्थानीय निकाय काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना अर्थात् पुस मसान्तसम्म कुल बजेटको एक चौथाइ पनि खर्च गर्न सकेन । महानगर वित्त विभागका अनुसार कुल विनियोजित २४ अर्ब ९० करोड ६३ लाख २५ हजार बजेटमध्ये ४ अर्ब ३७ करोड ८७ लाख ४७ हजारमात्र खर्च भएको छ । यो चालु आवको कुल लक्ष्यको १७.५८ प्रतिशतमात्र हो । आर्थिक विकासतर्फ विनियोजन भएको ७४ करोड ४४ लाख ८३ हजारमध्ये १८ करोड ६५ लाख रुपैयाँ अर्थात् २५ प्रतिशत खर्च गरेको छ । महानगरको आर्थिक विकास शीर्षकतर्फ कृषि, उद्योग,…

१२.५८ अंकले बढ्याे नेप्से

१२.५८ अंकले बढ्याे नेप्से नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक पहिलो कारोबार दिन आइतबार १२.५८ अंकले बढेको छ । हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, लघुवित्त, निर्जीवन बीमा, बैंक, विकास बैंक, फाइनान्स र अन्य सेक्टर बढेका छन् भने होटल तथा पर्यटन र म्युचुअल फन्ड घटेका छन् । फाइनान्स कम्पनीका लगाीकर्ताले गएको साता बढी जोखिम महसुस गरेर सेयर बिक्री गरेका थिए । आइतबार १ सय ७१ कम्पनीको सेयर मूल्य बढको छ भने ६८ को घटेको छ । चारको मूल्य स्थिर छ । नेप्सेका अनुसार आइतबार कुल १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब २५ करोड…