मार्जिन कारोबारका लागि १०२ कम्पनी योग्य
मार्जिन कारोबारका लागि १०२ कम्पनी योग्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । नेप्सेले मार्जिन कारोबार योग्य १०२ कम्पनीको सूची सार्वजनिक गरेको हो । नेप्सेका अनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य कम्पनीहरूको सूची सार्वजनिक गरिएको छ । नेप्सेमा सूचीकृत ३२५ भन्दा बढी कम्पनीमध्ये १०२ वटा कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्यमा परेका छन् । मार्जिन कारोबारयोग्य कम्पनीहरूमा १६ वटा वाणिज्य बैंक परेका छन् भने ६ वटा विकास बैंक परेका छन् । त्यस्तै, एक फाइनान्स कम्पनी, ३३ लघुवित्त वित्तीय संस्था, ९…