अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई चेम्बरकाे सुझाव

अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई चेम्बरकाे सुझाव नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल चेम्बर अफ कमर्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४३ बुँदे सुझाव दिएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालसहितको पदाधिकारी एवं कार्यसमितिको टोलीले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटवार्ता गरी सुझाव दिएको हो । बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन चेम्बरले आग्रह गरेको छ । ‘करिब ४ वर्षदेखि मुलुकको अर्थतन्त्र अस्थिर अवस्थामा छ । कोभिड महामारीको प्रभाव, रुस–युक्रेन युद्धले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा पारेको असर एवं पछिल्लो ३ वर्षदेखिको निरन्तर संकुचित नीतिहरुले आर्थिक गतिविधिमा शिथिलता उत्पन्न भएको छ’, अग्रवालले भने । आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन,…

नबिल बैंकलाई एकसाथ चारवटा अवार्ड

नबिल बैंकलाई एकसाथ चारवटा अवार्ड नबिल बैंक लिमिटेडले एकसाथ ४ वटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ । ४०औँ वार्षिकोत्सवका कार्यक्रमहरू मनाउँदै गर्दा बैंकले यी महत्त्वपूर्ण अवार्डहरू जित्न सफल भएको हो । यस उपलब्धिले बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता, सुशासन, र उत्कृष्ट सेवाको मान्यता थप सुदृढ गरेको बैंकको भनाइ छ । बैंकको ४० वर्षे अनवरत यात्रामा धेरै उपलब्धि हासिल भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ढुंगानाले भने ‘नवीन प्रयोग र ग्राहकको सुविधामा हाम्रो ध्यानले हामीलाई यी अवार्डहरू दिलाएको छ, जुन हाम्रा कर्मचारीको अथक मेहनतको फल हो । सबैलाई बधाई दिन चाहन्छु ।’' बैंकले पाएका अवार्डहरू १. नेशनल वेस्ट…

एक वर्षमा १४ खर्ब ६० अर्ब व्यापार घाटा

एक वर्षमा १४ खर्ब ६० अर्ब व्यापार घाटा सरकारले आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ व्यापार घाटा व्यहाेरेकाे छ । आर्थिक वर्ष २०८०/८१ भर नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्कले देखाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा ०.९६ प्रतिशतले घटी हो । आर्थिक वर्ष २०७९/८० मा नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ थियो । भन्सार विभागका अनुसार एक वर्षमा नेपालले कुल आयात १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार…

एनआईसी एशिया बैंक २७ औं वर्षमा

एनआईसी एशिया बैंक २७ औं वर्षमा एनआइसी एसिया बैंक आइतबारबाट २७ औं वर्षमा प्रवेश गरेको छ । २७ वर्षदेखि निरन्तर ग्राहकको सेवामा समर्पित यस बैंक देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बनेको छ ।वार्षिकोत्सवका अवसरमा एक विज्ञप्ति प्रकाशित गरी बैंकले समस्त ग्राहकवर्ग, नियामक निकाय, शेयरधनी महानुभाव, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालामा धन्यवाद व्यक्त गरेको छ । बैंकले आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ्ग सेवा एवं सुविधा प्रदान गर्ने अठोट गरेको छ ।हाल यस बैंकका मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल सञ्चालित छन् ।…

‘नयाँ सरकार बनेपछि नेप्से २७ महिनायताकै उच्च भएको छ’

'नयाँ सरकार बनेपछि नेप्से २७ महिनायताकै उच्च भएको छ' प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजारले नै सरकारप्रति जनताको विश्वास र भरोसा देखाएको बताएका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै उनले अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो बनेको बताए । उनले सेयर बजार २७ महिना यताकै उच्च बिन्दुमा पुगेको जानकारी दिए । ‘५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार दुई सातामा ४०० अंकभन्दा धेरैले बढेको छ । नेप्से २७ महिनायताकै उच्च भएको छ, हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास हो यो,’ उनले भने । प्रधानमन्त्री ओलीले अब सेयर बजार मात्र नभएर देशको समग्र बजार चलायमान बन्ने बताए…

‘फोन पे डाइरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ अभियान घोषणा

'फोन पे डाइरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ' अभियान घोषणा भुक्तानी संचालक फोनपेले आफ्नो प्रमुख अभियान 'फोन पे डाइरेक्ट : पैसा पठाऔँ ठाउँ को ठाउँ' को घोषणा गरेको छ। यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्युआर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवाबारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने कम्पनीको भनाइ छ । यो अभियान २ महिनासम्म चल्नेछ भने भदौ ३१ मा समाप्त हुनेछ। यस अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई iPhone 15 Pro दिने मेगा उपहार योजना कम्पनीले सार्वजनिक गरेको छ।…

ग्लोबल आइएमई बैंकको ग्राहक सङ्ख्या ५० लाख

ग्लोबल आइएमई बैंकको ग्राहक सङ्ख्या ५० लाख ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक सङ्ख्या ५० लाख नाघेको छ । २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरूमा मुलुककै सबै भन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको विज्ञप्तिमार्फत जनाएको छ । बैंककोे निक्षेप ५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आइएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरुमध्ये पहिलो नम्बरमा छ । ग्राहकमैत्री सेवा, साना तथा मझौला व्यवसायमा जोड, प्रविधिमैत्री सेवाहरूका साथै उत्तरदायी बैंकिङको अभ्यास गर्दै बैंकले…

काेराेना बिमाकाे ११ अर्ब भुक्तानी दिने तयारी

काेराेना बिमाकाे ११ अर्ब भुक्तानी दिने तयारी सरकारले कोरोना बीमाको बक्यौता रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढाउने भएको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार १ लाख २९ हजार ४६४ जनाको बीमा दाबी भुक्तानी गर्न बाँकी छ । ती व्यक्तिको ११ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी छ । यसअघि सरकारले कोरोना बीमा बापतको दाबी भुक्तानीका लागि डेढ अर्ब रुपैयाँ विनियोजन गरिसकेको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमार्फत सरकारले कोरोना बिमामा ५० प्रतिशत अनुदान दिने र निजामती कर्मचारीको निःशुल्क कोरोना बीमा गर्ने घोषणा गरेकाे थियाे । अर्थमन्त्री विष्णु पौडेलले कोरोना बीमाको रकम भुक्तानी गर्ने बताए पनि महालेखा परीक्षकले भने…

नेप्से २४०० नाघ्दा ५ अर्बकाे काराेबार

नेप्से २४०० नाघ्दा ५ अर्बकाे काराेबार काराेबार खुलेको एकाध घण्टामै आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले २४ सयको विन्दु नाघेको छ । नेप्से ४९ अंक बढेर २४१४ मा कायम भएको छ । सबै सेक्टरका सूचक बढेका छन् । दिउँसो सवा १२ बजे नै ५ अर्ब कारोबार रकम नाघेको छ । बैंकिङ तथा माइक्रोफाइनान्स समूहका सूचक ३–३ प्रतिशतभन्दा धेरै बढेका छन् । १९१ कम्पनीको मूल्य बढ्दा ४२ को घटेको छ भने १० को स्थिर छ । आँखुखोला जलविद्युतकाे मूल्य १० प्रतिशत बढेको छ । मेरो माइक्रोफाइनान्सको ९.२, उपकार लघुवित्तको ७.९, रुरु हाइड्रोको ७.४ प्रतिशत मूल्य बढेको छ । कांग्रेस-एमाले गठबन्धनको सरकार…

निजी क्षेत्रलाई राज्यले संरक्षण गर्छ : अर्थमन्त्री पाैडेल

निजी क्षेत्रलाई राज्यले संरक्षण गर्छ : अर्थमन्त्री पाैडेल उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रलाई राज्यले संरक्षण दिने भन्दै आत्मविश्वासका साथ राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गरेका छन् । सिंहदरबारमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा पाैडेलले निजी क्षेत्रले खोजेको समाधान सरकारलाई मान्य हुने र सरकारले खोजेको समाधान निजी क्षेत्रलाई मान्य हुने गरी अघि बढ्नुपर्ने बताए । उनले पछिल्लो क्षेत्रको सबैभन्दा ठूलो चुनौती आमसर्वसाधारण र निजी क्षेत्रमा खस्किएको मनोबल उकास्नु रहेकाले यसमा ध्यान केन्द्रीत हुने जिकिर गरे । मन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई नीतिगत रुपमा सहजीकरण, सहयोग र सहकार्य गर्ने नीति लिने बताए । त्यस्तै, मौद्रिक नीति कस्तो ल्याउने…