वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब बाहिरियाे

वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब बाहिरियाे नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै रू. ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई रू ८५ अर्ब एक करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्पmको व्यय रू ४७ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रू ७५ अर्ब ७३ करोड रहेको थियो । गत मङ्सिर मसान्तसम्म खुद सेवा आय रू ४० अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही…

जलविद्युतमा स्वदेशी लगानी जुटाउन निजी क्षेत्रलाई प्रधानमन्त्रीकाे आग्रह

जलविद्युतमा स्वदेशी लगानी जुटाउन निजी क्षेत्रलाई प्रधानमन्त्रीकाे आग्रह प्रधानमन्त्री केपी शर्मा ओलीले जलविद्युत आयोजनामा स्वदेशी लगानी जुटाउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको कार्यक्रममा शुक्रबार बोल्दै ओलीले भने, ‘वैदेशिक लगानी खास नियमभित्र राखेर बोलाउँछौं । जलविद्युतमा नेपाली लगानी नै बढिरहेको छ । हामी आफैं लगानी गर्ने हो भने अप्ठेरोमा परिँदैन । हामी नै लगानी गर्न जुटौं ।’ प्रधानमन्त्री ओलीले जलविद्युत आयोजनाका लागि स्वदेशी लगानी जुटाउन निजी क्षेत्रसँग आग्रह गरे । अहिलेको समय विकास पूर्वाधारबाट अगाडि बढ्नुपर्ने उनले बताए । पेट्राेल आयात कम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले आयातीत फ्युल विस्थापित गर्ने योजनासमेत सुनाए । साथै विकासको…

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएपछि नेपालमा पनि वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । यससँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको छ । बढेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जानकारी दिएको छ ।

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार नेपालको सेयर परिसूचक (नेप्से) बुधबार १.८३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १५.५४ अंकले घटेर २५९४.१३ अंकमा बन्द भएको नेप्से आज २५९५.९६ अंक पुगेको हो । विकास बैंक, होटल र जलविद्युत् क्षेत्रका उपसूचक राम्रै बढे पनि बैंक, फाइनान्स लगायत क्षेत्र घटेपछि समग्रमा नेप्से सिमान्त रूपमा मात्रै सकारात्मक बनेको हो । बुधबार सेयर बजारमा ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । यो सोमबारको कारोबार रकमको तुलनामा कम हो । सोमबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो । आज सबैभन्दा धेरै जलविद्युत् उपसमूह १.७६ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन क्षेत्र १.६३…

रविलाई हिरासतमै पठाउन आदेश

रविलाई हिरासतमै पठाउन आदेश राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पनि हिरासतमै रहने भएका छन् । आज थुनछेक बहस नसकिएपछि न्यायाधीशले उनलाई प्रहरीसँगै पठाउने आदेश गरे । लामिछानेले आफूलाई थुनामा नपठाउन अपिल गरेका थिए । थुनछेक बहसका क्रममा बोल्दै उनले आफैं अदालतमा आउने प्रतिबद्धता जनाएका थिए, तर न्यायाधीश माधवप्रसाद अधिकारीले प्रहरीकै जिम्मा लगाउन आदेश दिएका हुन् । रवि अब आज र भोलि हिरासतमै रहनेछन् । भोलि सरकारी बिदा रहेका कारण अदालत नखुल्ने भएकाले पर्सिमात्रै थुनछेकको बाँकी बहस हुनेछ । सरकारी वकिलहरुले बहस गर्दै रविलाई थुनामै पठाउन माग गरेका थिए । उनीहरुले रवि गोर्खा मिडियाको सेयर होल्डर भएकाले सहकारीबाट ल्याइएको…

शिवम् सिमेन्ट्सले ९ प्रतिशत लाभांश वितरण गर्ने

शिवम् सिमेन्ट्सले ९ प्रतिशत लाभांश वितरण गर्ने शिवम् सिमेन्ट्सले आफ्ना शेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । हालै बसेको साधारणसभाले चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाखको ८.५५ प्रतिशतका दरले हुने बयालीस करोड अन्ठानब्बे लाख आठ हजार पाँच सय रुपैयाँ बराबरको रु. १०० दरका ४२ लाख ९८ हजार ८५ थान बोनस सेयर र उक्त बोनस सेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.४५ प्रतिशतका दरले हुने दुई करोड छब्बीस लाख एक्काइस हजार पाँच सय रुपैयाँ नगद लाभांशसहित कूल ९ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  शिवम् सिमेन्ट्स लि.का सञ्चालक अध्यक्ष गौरव…

रवि फेरि काठमाडाैं प्रहरीकाे हिरासतमा

रवि फेरि काठमाडाैं प्रहरीकाे हिरासतमा स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान भएको थियो । बयान सकिएलगत्तै थुनछेक बहस गराउने लामिछाने पक्षका कानून व्यवसायीको मागमा न्यायाधीश अधिकारी मौन रहे । बयान सकिए पनि आज थुनछेक बहस सुरू भएन । उनलाई काठमाडौं प्रहरी परिसरको भद्रकालीस्थित हिरासत कक्षमा राखिने छ । प्रहरीका अनुसार त्यसअघि रविको स्वास्थ्य परीक्षण गरिनेछ । सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगको मुद्दामा कास्की अदालतको आदेशबमोजिम रवि ६५ लाख धरौटी बुझाएर विहीबार रिहा भएका थिए ।…

कृषि मन्त्रालयबाट ५ वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड अनुदान वितरण

कृषि मन्त्रालयबाट ५ वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड अनुदान वितरण कृषि तथा पशुपन्छी मन्त्रालयले पछिल्लो ५ वर्षमा करिब १ करोड ९६ लाख कृषकलाई १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ अनुदानस्वरुप बाँडेकाे छ । आर्थिक वर्ष २०७६/ ७७ देखि आव २०८०/८१ सम्ममा उक्त रकम वितरण भएकाे हाे । मन्त्रालयबाट सञ्चालित स्वदेशी तथा विकास साझेदारहरूको सहकार्यमा सञ्चालित परियोजना लगायत उखु कृषकलाई प्रोत्साहन अनुदान, कृषि बीमा, पशुपन्छी तथा मत्स्य बीमाको प्रिमियममा लाग्ने रकममार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्मलाई २० अर्ब ३० करोड ३० लाख १४ हजार र अप्रत्यक्षतर्फ ८७ अर्ब ३५ करोड ९७ लाख…

५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियाे

५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियाे चालू आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० करोड अर्ब ४३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो । ५ महिनाको अवधिमा चालू खाता १ खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको…

Read more about the article ६५ लाख बुझाएर रवि लामिछाने रिहा
कास्की,५ कात्तिकः सहकारी ठगी मुद्दामा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै। तस्बिरः कृष्ण दवाडी÷रासस

६५ लाख बुझाएर रवि लामिछाने रिहा

६५ लाख बुझाएर रवि लामिछाने रिहा कास्की,५ कात्तिकः सहकारी ठगी मुद्दामा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै। तस्बिरः कृष्ण दवाडी÷रासस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ६५ लाख धराैटी बुझाएर ८४ दिनपछि बिहीबार थुनामुक्त भएका छन् । जिल्ला अदालत कास्कीले उनलाई धरौटीमा छोड्न आदेश दिएलगत्तै धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले बताए । करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई रिहा गर्न आदेश दिएको हो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते…