मिलिम्यान समूहका पार्टनरको उपस्थितिमा जीवन बीमाबारे अन्तर्क्रिया

मिलिम्यान समूहका पार्टनरको उपस्थितिमा जीवन बीमाबारे अन्तर्क्रिया जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषयबारे छलफल गर्न विश्वकै ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्सनको उपस्थितिमा काठमाडौंको होटल एम्बेसडरमा विशेष अन्तक्र्रिया कार्यक्रम गरेको छ ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आथित्यता सम्पन्न कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ कर्मचारी, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्सुरेन्सका उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका…

सिटिजन्स बैंक र भारतको मेदान्त अस्पतालबीच छुटसम्बन्धी समझदारी

सिटिजन्स बैंक र भारतको मेदान्त अस्पतालबीच छुटसम्बन्धी समझदारी १७ वर्षदेखि उत्कृष्ट बैंकिङ्ग सेवा दिँदै आएको सिटिजन्स बैंक र भारतको गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ । हरियाणास्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशाज पोखरेलले हस्ताक्षर गरेका हुन् ।यस किसिमको सहकार्यबाट बैंकका ग्राहकवर्गले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् । आगामी दिनमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले यस्तो सुविधा…

श्री एयरलाइन्सको बेरिङ किन पड्कियो

श्री एयरलाइन्सको बेरिङ किन पड्कियो धनगढी विमानस्थलमा श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि विमानस्थलमै ग्राउण्डेड गरिएको छ । जहाज अवतरण गरेर पार्किङ गर्ने क्रममा अगाडिको चक्काको बेरिङ पड्किएको जानकारी विमानस्थल प्रमुख बताए ।  उनले भने, ‘कलसाइन एएनएच २२७ नम्बरको सो जहाज सोमबार साँझ काठमाडौँबाट धनगढी पुगेको थियो । जहाजको अगाडीको चक्काको बेरिङ पड्किएपछि ग्राउण्डेड गरिएको हो ।’ सिंहका अनुसार जहाजमा आएको समस्या समाधानका लागि प्राविधिक टोली आएर काम गरिरहेको छ । मर्मत गरेर उडान योग्य भएपछि मात्रै उडान अनुमति दिइने जानकारी सिंहले दिए ।

नेपालमा लगानी गर्न रुसी उद्याेगीकाे चासाे

नेपालमा लगानी गर्न रुसी उद्याेगीकाे चासाे लगानी सम्मेलन नजिकिँदै गर्दा रुसका उद्योगी व्यवसायीले नेपालमा लगानीका क्षेत्रबारे चासाे राखेका छन् । रुसी उद्याेगीको एक टाेली लगानीकाे सम्भावना अध्ययन गर्न बिहीबार नेपाल आउने भएकाे छ । अर्थमन्त्री वर्षमान पुनसँगकाे भेटमा नेपालका लागि रुसी राजदूत अलेक्सेई ए. नोभिकोभले रुस उद्योग वाणिज्य संघको नेतृत्वमा रुसी व्यवसायीको टोली नेपाल आउन लागेको जानकारी गराएका हुन् । भेटमा पुनले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरे । ‘हामीले विद्युतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौं, नेपालको जलविद्युत क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र हो’, मन्त्री पुनले भने, ‘सरकारले स्वदेशमै रासायनिक मल कारखाना…

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको छ ।यस सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले टिकट खरिद गर्दा नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एनबैंक एपबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।आफ्ना ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्यसहित…

‘वित्तीय साक्षरता अभियान दुर्गम क्षेत्रसम्म पुर्‍या‌उँछाैं’

'वित्तीय साक्षरता अभियान दुर्गम क्षेत्रसम्म पुर्‍या‌उँछाैं' नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्रसम्म पुर्‍याउने बताएका छन् । ग्लोबल मनी विकको अवसरमा राष्ट्र बैंकद्वारा साेमबार आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यो अभियानलाई राष्ट्र बैंकले अझ विस्तार गर्ने प्रतिबद्धता जनाए । अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना-कुना लैजाने योजना रहेको पनि जानकारी दिए । उनले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा पनि राख्नको लागि समन्वय भइरहेको जानकारी दिए । उनले कुनै पनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औल्याए । उनले सञ्चारमाध्यमहरुलाई पनि वित्तीय साक्षरता अभियानमा…

अर्थमन्त्रीलाई चेम्बरकाे १७ बुँदे सुझाव

अर्थमन्त्रीलाई चेम्बरकाे १७ बुँदे सुझाव शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्चमा वृद्धि, भन्सार प्रशासन सुधार, निर्यात प्रवर्द्धन लगायतका विषयमा नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री वर्षमान पुनलाई १७ बुँदे सुझाव दिएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीकाे टोलीले नेपालमा आयात हुने बस्तुहरूको भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिन आग्रह गरेको छ । नेपाली बस्तुको निर्यात प्रवर्द्धन गर्नका लागि भन्सार नाकाहरुमा उच्चस्तरीय क्वारेन्टिन ल्याव स्थापना गर्न पनि आग्रह गरिएको छ । अर्थतन्त्रको अवस्था हाल शिथिलताबाटै गुज्रिरहेको भन्दै चेम्बरले पुँजीगत खर्चमा वृद्धि, उत्पादन तथा रोजगारी सिर्जना गर्ने गरी नीतिगत व्यवस्था गर्न नवनियुक्त अर्थमन्त्री पुनको ध्यानाकर्षण गराएको हो…

यात्रा अबधिमा पोलेको ! मन प्रदेश मन्त्री युवराज दुलालको अत्यन्त ठुलो सक्रियता !

यात्रा अबधिमा पोलेको मन ! प्रदेश मन्त्री युवराज दुलालको अत्यन्त ठुलो सक्रियता ! रत्न खड्का यो फोटो हेलम्बु बाट काठमाण्डौं आऊंदा जर्के खोला-फटकशिला - छापभन्ज्यांग ७.५ किमी खण्डको सजिलो राम्रो फराकिलो पीच सडक हो । सुनेको कुरा सत्य यदि हो भने माओवादी युवा नेता तथा प्रदेश मन्त्री युवराज दुलालको अत्यन्त ठुलो सक्रियता एवं अथक सार्थक पहलमा बनाएको रे । हुन त यहां देशको ढुकुटीले हुने बन्ने गरेका विकाश निर्माणहरू आफ्नै पकेट मनीले बनाए झैं गरी प्रचारको होडबाजी हुने गर्छ नेताहरू बीच । तर काम हुन्छ र यदि बन्छ त्यो पनि सहि जसले गरेको भए पनि धन्यवाद दिन कन्जुस्याईं गरिंदैन ।…

सुन तस्करीमा महरा र बाँसबारी जग्गामा चाैधरीमाथि कारवाही थाल्न निर्देशन

सुन तस्करीमा महरा र बाँसबारी जग्गामा चाैधरीमाथि कारवाही थाल्न निर्देशन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । लामिछानेले मन्त्रालयमा आयोजित भेटघाटमा आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही थाल्न निर्देशन दिएका हुन् । बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउनका लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा…

ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न अर्थमन्त्रीकाे निर्देशन

ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न अर्थमन्त्रीकाे निर्देशन अर्थमन्त्री वर्षमान पुनले ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले दीर्घकालीन महत्वका पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन् । कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए । उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताए । उनले भने, ‘हामी समस्याभन्दा बाहिर त कहिले पनि हुँदैनाैं । त्यो समस्या जसले समाधान गर्नसक्छ, आफ्नो समकालीन समस्या,…