असार १५ मै सकियाे १० प्रतिशत राेपाइँ
असार १५ मै सकियाे १० प्रतिशत राेपाइँ देशभर ९.८ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि विभागले दिएकाे तथ्यांकअनुसार असार १५ सम्ममा ९.८ प्रतिशत रोपाइँ सकिएको हो । गत वर्ष असार १५ सम्म ८.७५ प्रतिशत रोपाइँ भएको थियो । नेपालमा १३ लाख ९८ हजार ८३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आइरहेको छ । यसमध्ये १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ । तथ्यांकअनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशमा २३.९ प्रतिशत हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत र बागमतीमा १८.३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । लुम्बिनीमा ८.८ प्रतिशत, गण्डकीमा ८.३ प्रतिशत, कोशी…