लयमा फर्किंदै पर्यटन : नेपाल घुम्ने विदेशीकाे संख्या बढ्याे
लयमा फर्किंदै पर्यटन : नेपाल घुम्ने विदेशीकाे संख्या बढ्याे नेपाल घुम्न हवाई माध्यमबाट आउने पर्यटकको सङ्ख्या बढेकाे छ । गत वर्षको जनवरी र फेब्रुअरीको तुलनामा २०२४ मा उल्लेख्य मात्रामा विदेशी पर्यटक भित्रिएका छन् । जनवरी र फेब्रुअरीमा मात्रै १ लाख ७६ हजार ५ सय २६ विदेशी आएका छन् । नेपाल आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । भारतबाट दुई महिनामा ५० हजार पर्यटक आएका छन् । भारतबाट आउनेमा धेरैजसो धार्मिक पर्यटक छन् । उनीहरूले नेपालको लुम्बिनी, मुक्तिनाथ, पोखरा, पशुपतिनाथलगायतका धार्मिक स्थलको दर्शन गरेका छन् । भारतपछि धेरै आउनेमा चिनियाँ छन् । १६हजार ४ सय ४७ जना चीनबाट आएका छन् ।…