सर्वोत्तम सिमेन्टकाे आईपीओ बिक्री खुला
सर्वोत्तम सिमेन्टकाे आईपीओ बिक्री खुला सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आईपीओ जारी गरेको हो । इच्छुक आवेदकले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ । यसअनुसार सर्वसाधारणले सर्वोत्तमको आईपीओ किन्न आवेदन दिँदा आफ्नो खातामा १८ हजार ४५ रुपैयाँ हुनुपर्छ । आईपीओमा फागुन…