साताको अन्तिम कारोबार दिन २० अंकले घट्याे नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २० अंकले घटेको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से सूचक अन्तिम समयसम्ममा १.०२ प्रतिशतले घट्दै २००५ अंकमा आएर रोकिएको छ ।

यसक्रममा ४९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १९७ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्य भने स्थिर छ । बिहीबार ३ अर्ब २० करोड ६१ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ भने ९५ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्दा जोशी हाइड्रोपावर र सामलिङ पावर कम्पनीको सेयर मूल्य भने ९ प्रतिशतभन्दा धेरैले बढेको छ । हिमालयन रिइन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको १४ करोड ८७ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

साताको अन्तिम कारोबार दिन २० अंकले घट्याे नेप्से