अर्थतन्त्रका समस्या समाधानका लागि सर्वपक्षीय छलफलको प्रस्ताव

अर्थतन्त्रका समस्या समाधानका लागि सर्वपक्षीय छलफलको प्रस्ताव नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रका समस्या समाधानका लागि सर्वपक्षीय छलफलको प्रस्ताव राखेका छन् । उनले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको बताए । चितवनमा शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ काे उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भने, 'राजनीति र अर्थतन्त्र फरक भएको कुरा सबैलाई थाहा छ । नेपालमा राजनीतिक परिवर्तन सहज रुपमा गरेका छौं । अर्थतन्त्र मन्दी आएको हिसाबमा समाधान गर्नको लागि सरकारले सक्रिय रुपमा पहल गर्नुपर्छ । सर्वपक्षीय सहभागितामा समाधानको पहल अपेक्षा गरिरहेका छौं ।' उनले मुलुक समृद्धिको सूत्र पर्यटन भएकाले सरकारले त्यही अनुसार नीति कार्यक्रम र बजेट ल्याउनु…

नेपाललाई विश्व बैंककाे २० कराेड ऋण स्वीकृत

नेपाललाई विश्व बैंककाे २० कराेड ऋण स्वीकृत विश्व बैंकले नेपालका दुई वटा परियोजनाको लागि २० करोड डलर ऋण स्वीकृत गरेको छ । बैंकले वित्तीय सुधारका लागि १० करोड डलर र प्रादेशिक तथा ग्रामीण सडक सञ्जाल मर्मत तथा सुधारका लागि १० करोड डलर ऋण दिने भएकाे हाे । विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि आवासीय निर्देशक फारिस हदाद जर्भोसले सेवा र पूर्वाधारको क्षेत्रमार्फत नयाँ परियोजनाहरूले नेपालका मानिसहरूको जीवनस्तर सुधारमा सहयोग पुर्‍याउने बताए । यस परियोजनाले जलवायु केन्द्रीत पूर्वाधार खर्च बढाउन, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प प्रवर्द्धनका लागि नेपालको न्यूनतम एफडीआई थ्रेसहोल्ड कम गर्न र एफडीआईको प्रक्रिया सुव्यवस्थित र स्वचालित…

इन्दु शंकर चिनी उद्योगले किसानलाई दियाे १ अर्ब ३१ करोड

इन्दु शंकर चिनी उद्योगले किसानलाई दियाे १ अर्ब ३१ करोड सर्लाहीको इन्दु शंकर चिनी उद्योगले उखु किसानलाई १ अर्ब ३१ करोड रुपैयाँभन्दा धेरै भुक्तानी गरेको छ। मिलले गत पुस ६ गतेदेखि बिहीबार बिहानसम्म किसानलाई १ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गरेको हो । गत वर्षसम्म भुक्तानीमा ढिलाई गर्दै आएको मिलले यस वर्ष उखु काँटा गरेको एक सातामै किसानको खातामा भुक्तानी पठाउन थालेको छ । यस वर्ष उखुको मूल्य सरकारले दिने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानसहित ६३५ रुपैयाँ निर्धारण भएको छ। सञ्चालनमा आएको ७१ दिनको अवधिमा इन्दु शंकरले २६ लाख ४२ हजार १ सय क्विन्टल उखु क्रसिङ गरेको छ। यस वर्ष मिलले ३५ लाख…

अरुण भ्यालीको हकप्रद सेयरका लागि आवेदन खुला

अरुण भ्यालीको हकप्रद सेयरका लागि आवेदन खुला अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयरका लागि आवेदन खुलेको छ । फागुन १७ गते (बिहीबार) देखि खुला भएको हकप्रद सेयरमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गरेको हो । लगानीकर्ताले १ सय रुपैयाँ प्रतिकित्ता अंकित मूल्यमा आवेदन दिन सक्नेछन् । यो हकप्रद सेयरको लागि माघ १५ गते बुक क्लोज भइसकेकाले माघ १४ गतेसम्म कायम सेयर धनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन…

प्रहरी धरपकडले बैंकिङ क्षेत्र त्रसित

प्रहरी धरपकडले बैंकिङ क्षेत्र त्रसित वाणिज्य बैंकका कार्यकारी अधिकृत (सीइओ) हरुले सीआइबीले राष्ट्र बैंकसँग समन्वय नै नगरी बैंकरहरुलाई धरपकड गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । धितोको मूल्याङ्कनभन्दा करिब दोब्बर बढी कर्जा देउराली सहकारीका सञ्चालकहरुलाई प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृतद्वय तुल्सीराम गौतम र मनोज न्यौपानेसहित १० बैंकरलाई सीआइबीले मंगलबार बैंकिङ कसूरमा पक्राउ गरेपछि बैंक तथा वित्तीय संस्थाहरुमा आतङ्क छाएको छ । सीआइबीको हस्तक्षेप र धरपकडविरुद्ध विभिन्न बैंकका कर्मचारीहरुले आन्दाेलन गर्ने तयारी गरेपछि सीइओहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन (एनबीए) बुधबार थापाथलीस्थित कार्यालयमा आकस्मिक बैठक डाकेको थियो । जसमा २० वटै वाणिज्य बैंकका सीइओ र तिनका प्रतिनिधि…

अपर तामाकाेशीका सेयर आवेदककाे रकम फिर्ता बुधबारबाट

अपर तामाकाेशीका सेयर आवेदककाे रकम फिर्ता बुधबारबाट अपर तामाकोशीको लिलामी सेयर खरिदका लागि भन्दै रकम भुक्तानी गरेकाहरुले अझै रकम फिर्ता पाएका छैनन् । हालसम्म रकम नपाएकालाई बुधबार (फागुन १६) देखि रकम फिर्ता गर्ने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएकाे छ । अपर तामाकाेशीले हकप्रद निष्कासनमा नबिकेको सेयर पुस १३ देखि २९ गतेसम्म लिलामी बिक्रीका लागि आवेदन खोलेको थियो । लिलामी सेयर नपाउनेहरुलाई क्यापिटलले माघ २२ देखि रकम फिर्ता प्रक्रिया थालेको थियो । तर कतिपयको बैंक खाता नम्बर र विवरण नमिलेकाले रकम फिर्ता हुन नसकेको सनराइज क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ ।

लक्ष्मी सनराइज बैंकमा अध्यक्ष पद बेवारिस : नेपालको शपथ रोकियो

लक्ष्मी सनराइज बैंकमा अध्यक्ष पद बेवारिस : नेपालको शपथ रोकियो सधैं लफडै मात्र परिरहने लक्ष्मी सनराइज बैंकमा यतिबेला अध्यक्ष पद बेवारिसे भएको छ । पुस २६ मा २३ औँ वार्षिक साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट रमण नेपाल र मनोजकुमार भट्टराई सर्वसाधारण शेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको थियो ।सोही दिन हतारमा बसेको सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गर्याे । अध्यक्ष नियुक्त रमण नेपाललाई भने नेपाल राष्ट्र बैंकले काम गर्न रोकेको छ ।राष्ट्र बैंकले अध्यक्षका लागि अयोग्य भन्दै नेपाललाई तत्काल काम नगर्न निर्देशन दिएको हो । यसअघि नागरिक लगानी कोषको प्रतिनिधित्व गर्दै संस्थापक…

१९ सयको बिन्दुमा ओर्लियाे नेप्से

१९ सयको बिन्दुमा ओर्लियाे नेप्से सेयर बजार परिसूचक नेप्से आइतबार १९ सयको बिन्दुमा ओर्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २६.८१ अंकले घट्दै १९ सय ७९.०२ बिन्दुमा झर्न पुगेको हो । यस्तै, आइतबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्ससमेत ५.७४ अंकले घट्दै ३५३.८३ अंकमा झरेको छ । मौद्रिक नीतिको पहिलो समीक्षापछि २१ सयको बिन्दुमा पुगेको नेप्से सूचक सोही मौद्रिक नीतिको दोस्रो त्रयमासको समीक्षापछि पुनः ओरालो लाग्न थालेको हो । आइतबार कूल २४८ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । फाइनान्स र म्यानु एण्ड प्रो समूहका उपसूचक धनात्मक भएकोमा बाँकी ११ वटा उपसूचक…

सर्वोत्तम सिमेन्टकाे आईपीओ बिक्री खुला

सर्वोत्तम सिमेन्टकाे आईपीओ बिक्री खुला सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आईपीओ जारी गरेको हो । इच्छुक आवेदकले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ । यसअनुसार सर्वसाधारणले सर्वोत्तमको आईपीओ किन्न आवेदन दिँदा आफ्नो खातामा १८ हजार ४५ रुपैयाँ हुनुपर्छ । आईपीओमा फागुन…

बिग सीजी डे : ३६ प्रतिशतसम्म छुट

बिग सीजी डे : ३६ प्रतिशतसम्म छुट चौधरी ग्रुपअन्तर्गत सीजी डिजिटलले ‘बिग सीजी डे’ सुरु गरेको छ । ग्राहकलाई आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ फेब्रुअरी २४ मध्यरातदेखि विगतका वर्षहरूकाे भन्दा ठूलो ‘बिग सीजी डे’ सुरु भएकाे हो । ‘बिग सीजी डे’मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्सका विभिन्न उत्पादन तथा सेवा सुविधामा विभिन्न अफर राखिएको छ । ‘बिग सीजी डे’को मुख्य हाइलाइटहरु ८०० भन्दा बढी सामानमा ३६ प्रतिशतसम्मको छुट, थप १० प्रतिशतसम्मको मेगा भौचर, २४ हजारसम्म क्यास ब्याक, डेल्ली गिभ-अवेको रूपमा…