कर्जाकाे ब्याजदर दुई वर्षयताकै सस्तो
कर्जाकाे ब्याजदर दुई वर्षयताकै सस्तो बैंक तथा वित्तीय संस्थाको ब्याजदर दुई वर्षयताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले बैंकहरुको कर्जाकाे ब्याजदर करिब २ वर्षयताकै सस्तो देखाएको हो । बैशाखका लागि २० वटा वाणिज्य बैंकको औसत आधारदर ८.८५ प्रतिशत छ । सबैभन्दा बढी आधारदर हिमालयन बैंकको ९.८५ प्रतिशत छ । सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७.२९ प्रतिशत छ । यो दुई वर्षयताको सस्तो आधारदर हो । २०७८ माघमा बैंकहरुको औसत आधारदर ८.४९ प्रतिशत थियो । त्यसको एक वर्षपछि २०७९ पुसमा १०.८५ प्रतिशतसम्म औसत आधारदर पुग्यो । ऋणको ब्याजदर महँगो हुँदा लगानी गर्न नसकिने भन्दै व्यवसायीहरु घटाउनुपर्ने लबिङमा उत्रिए ।…