नेपालमा लगानी विस्तार गर्न महासंघ अध्यक्षकाे आग्रह
नेपालमा लगानी विस्तार गर्न महासंघ अध्यक्षकाे आग्रह नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि विश्वभरका लगानीकर्तालाई आग्रह गरेका छन् । आइतबारदेखि काठमाडौंमा सुरू तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा ढकालले नेपालमा अधिकांश क्षेत्रमा लगानी सम्भावना रहेको भन्दै नेपाल नयाँ लगानीको गन्तब्य बन्न सक्ने बताए । विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतको बीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने ढकालको भनाइ थियो । नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै उनले विश्वभरबाट जम्मा भएका करिब दुई हजार लगानीकर्तालाई नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका…