नयाँ वर्षमा पर्यटकीय क्षेत्रका हाेटल भरिभराउ, सबैतिर चहलपहल
नयाँ वर्षमा पर्यटकीय क्षेत्रका हाेटल भरिभराउ, सबैतिर चहलपहल नयाँ वर्ष २०८१ मा मुख्य पर्यटकीय स्थलका हाेटल भरिभराउ भएका छन् । काठमाडौं, पोखराजस्ता पयर्टकीय नगरहरुमा साता अगाडिदेखि नै नयाँ वर्षको चहलपहल बढेको थियाे ।२०८० काे अन्तिम दिनसम्म पाेखरा, ठमेललगायत क्षेत्रका ९० प्रतिशतभन्दा बढी हाेटलहरु बुकिङ भएकाे व्यवसायीहरुले बताएका छन् । विगत वर्षहरुका तुलनामा यस नयाँ वर्षमा स्वदेशी पर्यटकहरुको संख्यामा भने केही गिरावट आएको होटल व्यवसायीहरुको गुनासाे छ । नयाँ वर्षसँगै काठमाडाैंका ठमेल र दरबारमार्ग क्षेत्र चाैबिसै घण्टा खुलाउने निर्णयले पर्यटन क्षेत्रमा उत्साह थपिएकाे छ । ठमेल पर्यटन विकास परिषद् अध्यक्ष भविश्वर शर्माका अनुसार ठमेलका होटलहरु ९० प्रतिशतसम्म बुकिङ भएका छन् ।…