सत्तारुढ दलका नेताहरुसँग अर्थमन्त्रीकाे छलफल
सत्तारुढ दलका नेताहरुसँग अर्थमन्त्रीकाे छलफल आगामी नीति तथा कार्यक्रम, बजेटको तयारीलगायत विषयमा सत्ता साझेदार गठबन्धनबीच साझा धारणा तयार गर्न अर्थमन्त्री वर्षमान पुनले आइतबार सिंहदरबारमा पूर्व अर्थमन्त्री र सत्तारुढ दलका अर्थ विभाग हेर्ने नेताहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छाडेर नयाँ गठबन्धन बनाएसँगै मुलुककाे बिग्रँदाे अर्थ व्यवस्था सम्हाल्ने जिम्मेवारी पाएका पुनले आर्थिक क्षेत्रका अनुभवीहरुसँग छलफल गरिरहेका छन् । यही क्रममा पूर्वअर्थमन्त्री र दलका आर्थिक विभाग हेर्ने नेताहरुकाे सल्लाह र सुझाव लिन लागिएकाे पुनकाे सचिवालयले जनाएकाे छ । एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीको पाँच दलीय नयाँ सत्ता समीकरण बनेसँगै पुनले फागुन २४ मा अर्थमन्त्रीको…