‘वित्तीय साक्षरता अभियान दुर्गम क्षेत्रसम्म पुर्‍या‌उँछाैं’

'वित्तीय साक्षरता अभियान दुर्गम क्षेत्रसम्म पुर्‍या‌उँछाैं' नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्रसम्म पुर्‍याउने बताएका छन् । ग्लोबल मनी विकको अवसरमा राष्ट्र बैंकद्वारा साेमबार आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यो अभियानलाई राष्ट्र बैंकले अझ विस्तार गर्ने प्रतिबद्धता जनाए । अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना-कुना लैजाने योजना रहेको पनि जानकारी दिए । उनले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा पनि राख्नको लागि समन्वय भइरहेको जानकारी दिए । उनले कुनै पनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औल्याए । उनले सञ्चारमाध्यमहरुलाई पनि वित्तीय साक्षरता अभियानमा…

अर्थमन्त्रीलाई चेम्बरकाे १७ बुँदे सुझाव

अर्थमन्त्रीलाई चेम्बरकाे १७ बुँदे सुझाव शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्चमा वृद्धि, भन्सार प्रशासन सुधार, निर्यात प्रवर्द्धन लगायतका विषयमा नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री वर्षमान पुनलाई १७ बुँदे सुझाव दिएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीकाे टोलीले नेपालमा आयात हुने बस्तुहरूको भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिन आग्रह गरेको छ । नेपाली बस्तुको निर्यात प्रवर्द्धन गर्नका लागि भन्सार नाकाहरुमा उच्चस्तरीय क्वारेन्टिन ल्याव स्थापना गर्न पनि आग्रह गरिएको छ । अर्थतन्त्रको अवस्था हाल शिथिलताबाटै गुज्रिरहेको भन्दै चेम्बरले पुँजीगत खर्चमा वृद्धि, उत्पादन तथा रोजगारी सिर्जना गर्ने गरी नीतिगत व्यवस्था गर्न नवनियुक्त अर्थमन्त्री पुनको ध्यानाकर्षण गराएको हो…

यात्रा अबधिमा पोलेको ! मन प्रदेश मन्त्री युवराज दुलालको अत्यन्त ठुलो सक्रियता !

यात्रा अबधिमा पोलेको मन ! प्रदेश मन्त्री युवराज दुलालको अत्यन्त ठुलो सक्रियता ! रत्न खड्का यो फोटो हेलम्बु बाट काठमाण्डौं आऊंदा जर्के खोला-फटकशिला - छापभन्ज्यांग ७.५ किमी खण्डको सजिलो राम्रो फराकिलो पीच सडक हो । सुनेको कुरा सत्य यदि हो भने माओवादी युवा नेता तथा प्रदेश मन्त्री युवराज दुलालको अत्यन्त ठुलो सक्रियता एवं अथक सार्थक पहलमा बनाएको रे । हुन त यहां देशको ढुकुटीले हुने बन्ने गरेका विकाश निर्माणहरू आफ्नै पकेट मनीले बनाए झैं गरी प्रचारको होडबाजी हुने गर्छ नेताहरू बीच । तर काम हुन्छ र यदि बन्छ त्यो पनि सहि जसले गरेको भए पनि धन्यवाद दिन कन्जुस्याईं गरिंदैन ।…

सुन तस्करीमा महरा र बाँसबारी जग्गामा चाैधरीमाथि कारवाही थाल्न निर्देशन

सुन तस्करीमा महरा र बाँसबारी जग्गामा चाैधरीमाथि कारवाही थाल्न निर्देशन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । लामिछानेले मन्त्रालयमा आयोजित भेटघाटमा आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही थाल्न निर्देशन दिएका हुन् । बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउनका लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा…

ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न अर्थमन्त्रीकाे निर्देशन

ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न अर्थमन्त्रीकाे निर्देशन अर्थमन्त्री वर्षमान पुनले ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले दीर्घकालीन महत्वका पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन् । कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए । उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताए । उनले भने, ‘हामी समस्याभन्दा बाहिर त कहिले पनि हुँदैनाैं । त्यो समस्या जसले समाधान गर्नसक्छ, आफ्नो समकालीन समस्या,…

तीनवटा वाणिज्य बैंकलाई लाभांश बाँड्न राेक

तीनवटा वाणिज्य बैंकलाई लाभांश बाँड्न राेक तीन वटा बैंकको पुँजी कोष नियामकीय प्रावधानभन्दा तल पुगेकाे छ । पुँजी काेष न्यून भएका कारण आगामी वर्ष ती बैंकले लाभांश दिन पाउने छैनन् । प्राथमिक पूँजी कोष अनुपात कम्तीमा ८.५ प्रतिशत हुनुपर्ने राष्ट्र बैंकको नियम छ । राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकअनुसार पुस मसान्तमा एनआईसी एसिया बैंकको यस्तो अनुपात ८.०४ प्रतिशत, कुमारी बैंकको ८.०३ प्रतिशत र प्रभु बैंकको ८.१२ प्रतिशत छ । यी बैंकलाई आगामी वर्ष लाभांश बाँड्न राेक लगाइएकाे हाे । कुनै एउटा त्रैमासमा मात्रै पनि जोखिम भारित सम्पत्तिको तुलनामा प्राथमिक पुँजी कोष पर्याप्तता अनुपात तोकिएको भन्दा कम भएमा बैंकहरूले लाभांश बाँड्न…

पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टीतेलमा २-२ रुपैयाँ घट्याे

पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टीतेलमा २-२ रुपैयाँ घट्याे नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले इण्डियन आलय कर्पोरेशनबाट प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर २-२ रुपैयाँ घटाएको हो । यससँगै अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रो वर्गमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो १५७, तेस्रो १५८ रुपैयाँ पुगेको छ । पहिलाे वर्गअन्तर्गत चारआली, विराटनगर, अमलेखगन्ज, जनकपुर, वीरगन्ज, भलबारी, नेपालगन्ज र धनगढी पर्छन् भने दाेस्राे वर्गमा सुर्खेत र दाङ तथा तेस्राे वर्गमा काठमाडाैं, पाेखरा र दिपायल पर्छन्…

धिताेपत्र बाेर्डकाे अध्यक्षका लागि १९ आकांक्षी

धिताेपत्र बाेर्डकाे अध्यक्षका लागि १९ आकांक्षी नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आकांक्षा राखेका छन् । बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० मा सकिएपछि नयाँ अध्यक्ष नियुक्तिकाे प्रक्रिया थालिएकाे हाे । अध्यक्ष सिफारिस गर्न सरकारले माघ ४ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । अध्यक्ष सिफारिससम्बन्धी कार्यविधि २०८० जारी भएसँगै फागुन १६ मा समितिले आवेदन खुला गरेको थियो । आवेदन दिने म्याद बुधबार सकिएको छ । अध्यक्षका लागि बीमा समितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपालप्रसाद भट्ट, बोर्डकै कार्यकारी निर्देशकहरु कृष्णराज पोखरेल, नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठलगायतले…

नेपाल पुनर्बीमा कम्पनीमा पुर्ब प्रमुख अधिकृतकै भिडन्त

नेपाल पुनर्बीमा कम्पनीमा पुर्ब प्रमुख अधिकृतकै भिडन्त नेपाल पुनर्बीमा कम्पनीको प्रमुख अधिकृत (सीईओ)मा ७ जनाको आवेदन परेको छ। कम्पनीले गत फागुन ७ गते सीईओमा दरखास्त आह्वान गरेको थियो। खुला प्रतियोगिताबाट सीईओ पदपूर्ति गर्न दरखास्त आह्वान गरेको थियो। उम्मेदवारले हिजो फागुन २७ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। अन्तिम दिनसम्म ७ जनाले आवेदन दिएका हुन्। आवेदन दिनेमा श्रीमान कार्की, दामोदर भण्डारी, सुरेन्द्र थापा, उज्ज्वलराज अर्याल, शेखर बराल, नारायणकुमार भट्टराई र बुद्धकाजी श्रेष्ठ छन्। श्रीमान कार्की साबिक बीमा समितिका पूर्वकामु कार्यकारी निर्देशक एवं सिटिजन लाइफ इन्स्योरेन्सका पूर्वस्वतन्त्र सञ्चालक हुन्। दामोदर भण्डारी नेपाल पुनर्बीमा कम्पनीमा निमित्त सीईओ छन् भने शेखर बराल राष्ट्रिय…

नेपालमा लगानी बढाउन विश्व बैंकलाई आग्रह

नेपालमा लगानी बढाउन विश्व बैंकलाई आग्रह अर्थमन्त्री वर्षमान पुनले नेपालमा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहायता बढाउन विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोससँग आग्रह गरेका छन् । विश्व बैंक नेपालको ठूलोमध्येको एक विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको पुनले बताए । रोजगारी सिर्जना र आर्थिक गतिविधिमा तीव्रता दिँदै अर्थतन्त्र चलायमान बनाउन विश्व बैंकको सहयोग जरुरी रहेकाेमा उनले जोड दिए । अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न उनले आग्रह गरे । ‘कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ, यो चुनौतीपूर्ण अवस्थामा विश्व बैंकबाट थप सहयोगको अपेक्षा…