शिवम् सिमेन्ट्सले ९ प्रतिशत लाभांश वितरण गर्ने

शिवम् सिमेन्ट्सले ९ प्रतिशत लाभांश वितरण गर्ने शिवम् सिमेन्ट्सले आफ्ना शेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । हालै बसेको साधारणसभाले चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाखको ८.५५ प्रतिशतका दरले हुने बयालीस करोड अन्ठानब्बे लाख आठ हजार पाँच सय रुपैयाँ बराबरको रु. १०० दरका ४२ लाख ९८ हजार ८५ थान बोनस सेयर र उक्त बोनस सेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.४५ प्रतिशतका दरले हुने दुई करोड छब्बीस लाख एक्काइस हजार पाँच सय रुपैयाँ नगद लाभांशसहित कूल ९ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  शिवम् सिमेन्ट्स लि.का सञ्चालक अध्यक्ष गौरव…

रवि फेरि काठमाडाैं प्रहरीकाे हिरासतमा

रवि फेरि काठमाडाैं प्रहरीकाे हिरासतमा स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान भएको थियो । बयान सकिएलगत्तै थुनछेक बहस गराउने लामिछाने पक्षका कानून व्यवसायीको मागमा न्यायाधीश अधिकारी मौन रहे । बयान सकिए पनि आज थुनछेक बहस सुरू भएन । उनलाई काठमाडौं प्रहरी परिसरको भद्रकालीस्थित हिरासत कक्षमा राखिने छ । प्रहरीका अनुसार त्यसअघि रविको स्वास्थ्य परीक्षण गरिनेछ । सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगको मुद्दामा कास्की अदालतको आदेशबमोजिम रवि ६५ लाख धरौटी बुझाएर विहीबार रिहा भएका थिए ।…

कृषि मन्त्रालयबाट ५ वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड अनुदान वितरण

कृषि मन्त्रालयबाट ५ वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड अनुदान वितरण कृषि तथा पशुपन्छी मन्त्रालयले पछिल्लो ५ वर्षमा करिब १ करोड ९६ लाख कृषकलाई १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ अनुदानस्वरुप बाँडेकाे छ । आर्थिक वर्ष २०७६/ ७७ देखि आव २०८०/८१ सम्ममा उक्त रकम वितरण भएकाे हाे । मन्त्रालयबाट सञ्चालित स्वदेशी तथा विकास साझेदारहरूको सहकार्यमा सञ्चालित परियोजना लगायत उखु कृषकलाई प्रोत्साहन अनुदान, कृषि बीमा, पशुपन्छी तथा मत्स्य बीमाको प्रिमियममा लाग्ने रकममार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्मलाई २० अर्ब ३० करोड ३० लाख १४ हजार र अप्रत्यक्षतर्फ ८७ अर्ब ३५ करोड ९७ लाख…

५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियाे

५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियाे चालू आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० करोड अर्ब ४३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो । ५ महिनाको अवधिमा चालू खाता १ खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको…

Read more about the article ६५ लाख बुझाएर रवि लामिछाने रिहा
कास्की,५ कात्तिकः सहकारी ठगी मुद्दामा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै। तस्बिरः कृष्ण दवाडी÷रासस

६५ लाख बुझाएर रवि लामिछाने रिहा

६५ लाख बुझाएर रवि लामिछाने रिहा कास्की,५ कात्तिकः सहकारी ठगी मुद्दामा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै। तस्बिरः कृष्ण दवाडी÷रासस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ६५ लाख धराैटी बुझाएर ८४ दिनपछि बिहीबार थुनामुक्त भएका छन् । जिल्ला अदालत कास्कीले उनलाई धरौटीमा छोड्न आदेश दिएलगत्तै धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले बताए । करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई रिहा गर्न आदेश दिएको हो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते…

टीभीएस मोटर कम्पनीद्वारा काठमाडौँमा नेपालका लागि राष्ट्रिय स्तरको स्किल फेस्टको आयोजना

टीभीएस मोटर कम्पनीद्वारा काठमाडौँमा नेपालका लागि राष्ट्रिय स्तरको स्किल फेस्टको आयोजना काठमाडौँ–टीभीएस मोटर कम्पनीद्वारा काठमाडौँमा आयोजित राष्ट्रिय स्तरको सिप प्रतियोगितामा, जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्नीसियनहरूले सहभागिता जनाएका छन्।प्रतियोगितामा सहभागी ३० जना प्रतिभाशाली टेक्नीसियन नेपालभर बाट छानिएका उत्कृष्ट टेक्नीसियन हुन्। तिनले प्रतियोगितामा टीभीएस मोटर्सले आफ्ना टेक्नीसियनहरूको क्षमता बृद्धि गर्दै अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्वलाई थप बलियोबनाउने प्रतिबद्धताकोप्रतिनीधित्व गर्दै मोटरसाइकल प्रविधिको क्षेत्रमा आफ्नो सीप र ज्ञानको बेजोड प्रदर्शनी गरेका छन्। यी शीर्ष ३० टेक्नीसियनहरू मध्यबाट पनि उत्कृष्ट ५को छनोट गरिने र तिनले भारतको बेंगलोरमा टीभीएस मोटर कम्पनीद्वारा आयोजित हुने एसिया स्तरको सीपप्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्वि श्वव्यापी स्तरमै दुईपांग्रे सवारी साधनको क्षेत्रमा…

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सम्पन्न सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न गरेको छ । बर्दिबासमा शनिबार आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौंडा क्षेत्र लगायत नारायणगढ शाखाका अभिकर्ता एवम त्यहाँको सम्पूर्ण कर्मचारिहरु र केही विभागीय प्रमुखहरु समेतको सहभागितामा सो तालिम कार्यक्रम संचालन गरिएको थियो । तालिम कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले प्रस्तुत गरेका थिए । उक्त तालिममा गैरकानूनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो…

‘स्टार्टअप उद्यम कर्जा’ का लागि १३१४ परियोजना प्रारम्भिक सूचीमा

‘स्टार्टअप उद्यम कर्जा’ का लागि १३१४ परियोजना प्रारम्भिक सूचीमा चालु आर्थिक वर्ष २०८१/८२ मा ‘स्टार्टअप उद्यम कर्जा’ का लागि १ हजार ३ सय १४ परियोजना प्रारम्भिक सूचीमा परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कुल ५ हजार १ सय ५८ परियोजनाबाट प्रारम्भिक सूची प्रकाशित गरेको छ । प्रारम्भिक सूचीमा परेका परियोजना प्रस्तावकको प्रस्तुतीकरणबाट छनोट भएका आयोजनाले यस वर्ष स्टार्टअप उद्यम कर्जा पाउने छन् । प्रतिष्ठानका अनुसार पुस २८ देखि हरेक दिन चार चरणमा प्रस्तुतीकरण हुनेछ । प्रस्तुतीकरणका बेला उद्यम/व्यवसायको तस्वीर र दृष्यसमेत खिचेर १ मिनेट बराबर भिडियो अनिवार्य लिनुपर्ने गरी तोकिएको छ । प्रस्तुतीकरणमा आफ्नो परियोजनामा कुन पक्षमा नवीनतम सोच…

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा दाेहाेरिए पौडेल

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा दाेहाेरिए पौडेल शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल पुनः निर्वाचित भएका छन् । शुक्रबार बसेको बैंकको साधारणसभामा सञ्चालक निर्वाचित भएलगत्तै बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । नयाँ सञ्चालक समितिमा ई. सुरज उप्रेती, वीरेन्द्र भुसाल, वीरेन्द्र विष्ट, नम्रता भण्डारी र हिमाल भट्टराई समेत छन् । त्यसमध्ये अध्यक्ष पौडेल, उप्रेती र भुसाल संस्थापक सेयरधनी तथा विष्ट, भण्डारी र भट्टराई साधारण सेयरधनीका तर्फबाट हुन् । यसअघि २०७७ सालमा पनि पौडेल अध्यक्ष बनेका थिए । उनीसँगै ई. उप्रेती, विष्ट पनि सञ्चालकमा दोहोरिएका छन् ।

गार्डियन लाइफको आईपीओमा एकैदिन साढे ४ लाख जनाको आवेदन

गार्डियन लाइफको आईपीओमा एकैदिन साढे ४ लाख जनाको आवेदन आइतबारदेखि खुलेको गार्डियन लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा एकैदिन साढे ४ लाख जनाको आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार पहिलो दिन ४ लाख ४८ हजार ५६९ जना आवेदकहरूले ६३ करोड ३० लाख ८० हजार कित्ताका लागि आवेदन दिएका हुन् । इन्स्योरेन्सले सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो । ७५ करोड रुपैयाँ पुँजी भएको गार्डियनले उक्त पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति…