तीनवटा वाणिज्य बैंकलाई लाभांश बाँड्न राेक

तीनवटा वाणिज्य बैंकलाई लाभांश बाँड्न राेक तीन वटा बैंकको पुँजी कोष नियामकीय प्रावधानभन्दा तल पुगेकाे छ । पुँजी काेष न्यून भएका कारण आगामी वर्ष ती बैंकले लाभांश दिन पाउने छैनन् । प्राथमिक पूँजी कोष अनुपात कम्तीमा ८.५ प्रतिशत हुनुपर्ने राष्ट्र बैंकको नियम छ । राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकअनुसार पुस मसान्तमा एनआईसी एसिया बैंकको यस्तो अनुपात ८.०४ प्रतिशत, कुमारी बैंकको ८.०३ प्रतिशत र प्रभु बैंकको ८.१२ प्रतिशत छ । यी बैंकलाई आगामी वर्ष लाभांश बाँड्न राेक लगाइएकाे हाे । कुनै एउटा त्रैमासमा मात्रै पनि जोखिम भारित सम्पत्तिको तुलनामा प्राथमिक पुँजी कोष पर्याप्तता अनुपात तोकिएको भन्दा कम भएमा बैंकहरूले लाभांश बाँड्न…

पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टीतेलमा २-२ रुपैयाँ घट्याे

पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टीतेलमा २-२ रुपैयाँ घट्याे नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले इण्डियन आलय कर्पोरेशनबाट प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर २-२ रुपैयाँ घटाएको हो । यससँगै अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रो वर्गमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो १५७, तेस्रो १५८ रुपैयाँ पुगेको छ । पहिलाे वर्गअन्तर्गत चारआली, विराटनगर, अमलेखगन्ज, जनकपुर, वीरगन्ज, भलबारी, नेपालगन्ज र धनगढी पर्छन् भने दाेस्राे वर्गमा सुर्खेत र दाङ तथा तेस्राे वर्गमा काठमाडाैं, पाेखरा र दिपायल पर्छन्…

धिताेपत्र बाेर्डकाे अध्यक्षका लागि १९ आकांक्षी

धिताेपत्र बाेर्डकाे अध्यक्षका लागि १९ आकांक्षी नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आकांक्षा राखेका छन् । बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० मा सकिएपछि नयाँ अध्यक्ष नियुक्तिकाे प्रक्रिया थालिएकाे हाे । अध्यक्ष सिफारिस गर्न सरकारले माघ ४ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । अध्यक्ष सिफारिससम्बन्धी कार्यविधि २०८० जारी भएसँगै फागुन १६ मा समितिले आवेदन खुला गरेको थियो । आवेदन दिने म्याद बुधबार सकिएको छ । अध्यक्षका लागि बीमा समितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपालप्रसाद भट्ट, बोर्डकै कार्यकारी निर्देशकहरु कृष्णराज पोखरेल, नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठलगायतले…

नेपाल पुनर्बीमा कम्पनीमा पुर्ब प्रमुख अधिकृतकै भिडन्त

नेपाल पुनर्बीमा कम्पनीमा पुर्ब प्रमुख अधिकृतकै भिडन्त नेपाल पुनर्बीमा कम्पनीको प्रमुख अधिकृत (सीईओ)मा ७ जनाको आवेदन परेको छ। कम्पनीले गत फागुन ७ गते सीईओमा दरखास्त आह्वान गरेको थियो। खुला प्रतियोगिताबाट सीईओ पदपूर्ति गर्न दरखास्त आह्वान गरेको थियो। उम्मेदवारले हिजो फागुन २७ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। अन्तिम दिनसम्म ७ जनाले आवेदन दिएका हुन्। आवेदन दिनेमा श्रीमान कार्की, दामोदर भण्डारी, सुरेन्द्र थापा, उज्ज्वलराज अर्याल, शेखर बराल, नारायणकुमार भट्टराई र बुद्धकाजी श्रेष्ठ छन्। श्रीमान कार्की साबिक बीमा समितिका पूर्वकामु कार्यकारी निर्देशक एवं सिटिजन लाइफ इन्स्योरेन्सका पूर्वस्वतन्त्र सञ्चालक हुन्। दामोदर भण्डारी नेपाल पुनर्बीमा कम्पनीमा निमित्त सीईओ छन् भने शेखर बराल राष्ट्रिय…

नेपालमा लगानी बढाउन विश्व बैंकलाई आग्रह

नेपालमा लगानी बढाउन विश्व बैंकलाई आग्रह अर्थमन्त्री वर्षमान पुनले नेपालमा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहायता बढाउन विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोससँग आग्रह गरेका छन् । विश्व बैंक नेपालको ठूलोमध्येको एक विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको पुनले बताए । रोजगारी सिर्जना र आर्थिक गतिविधिमा तीव्रता दिँदै अर्थतन्त्र चलायमान बनाउन विश्व बैंकको सहयोग जरुरी रहेकाेमा उनले जोड दिए । अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न उनले आग्रह गरे । ‘कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ, यो चुनौतीपूर्ण अवस्थामा विश्व बैंकबाट थप सहयोगको अपेक्षा…

क्यान्सर बिरामीलाई यतीकाे टिकट नि:शुल्क

क्यान्सर बिरामीलाई यतीकाे टिकट नि:शुल्क यती एयरलाइन्सले उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट) जाने क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको यती एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए । ‘निःशुल्क हवाई टिकट नेपालभरिकै क्यान्सरका बिरामीले उपभोग गर्न पाउनुहुनेछ, विराट क्यान्सर इन्स्टिच्युटसँगको सहकार्यमा यो योजना ल्याएका हौँ,’ उनले भने । अस्पतालका विशेषज्ञ चिकित्सकले उपलब्ध गराएकाे क्यान्सरको बिरामी भएको प्रमाणपत्र/परिचयपत्रका आधारमा निशुल्क टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्टिच्युटका उपाध्यक्ष डा. निकिता कार्कीले जानकारी दिइन् ।

लगानी कम्पनी खाेल्दै महासंघ

लगानी कम्पनी खाेल्दै महासंघ नेपाल उद्योग वाणिज्य महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने भएको छ । उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्नेछन् । उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिएकाे जानकारीअनुसार कम्पनीको अधिकृत पूँजी १० अर्ब रूपैयाँ हुनेछ । यसमा महासंघका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्न सक्नेछन् । अध्यक्ष ढकालले महासंघको चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा आर्थिक एजेण्डामा सबै दलहरूको ऐक्यबद्धता खोजिने जानकारी दिए । ‘हामीले प्रयास गर्नुपर्छ, बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ’, उनको भनाइ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बोनश दर साबिकको भन्दा घटेको विरोधमा अभिकर्ताले देशैभर सांकेतिक विरोधसँगै आन्दोलन शुरु गरेका हुन् ।पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिका अध्यक्ष गणेश अधिकारीले विज्ञप्ती जारी गर्दै पछिल्लो बोनश दर घोषणाप्रति असन्तुष्टी जनाई सकेका छन् । देशको विभिन्न जिल्लास्थित शाखा उपशाखा कार्यालयहरुमा पनि नेपाल लाइफका अभिकर्ताले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । नेपाल लाइफको बीमाङ्कीले तयार पारेको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नियामक नेपाल बीमा प्राधिकरणले यसै महिनामा आव २०७८/७९ को…

नबिल ढुक्क घर कर्जा, नबिलले ल्यायो बैंकिङ उद्योगकै सस्तो ब्याजमा घरकर्जा योजना

नबिल ढुक्क घर कर्जा, नबिलले ल्यायो बैंकिङ उद्योगकै सस्तो ब्याजमा घरकर्जा योजना नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्कु योजना मार्फत नेपालको बैंकिङ उद्योगकै सस्तो ब्याजमा घरकर्जा योजना ल्याएको हो।नबिल बैंकले उद्योगकै सस्तो ब्याजदरमा घरकर्जा योजना ल्याएको छ।नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्कु योजना मार्फत नेपालको बैंकिङ उद्योगकै सस्तो ब्याजमा घरकर्जा योजना ल्याएको हो।योजनाअनुसार न्युनतम ८%९९ प्रतिशतमा अधिकतम ३० वर्षको अवधिको लागि घर कर्जा उपलब्ध हुनेछ भने सात वर्षको लागि ब्याज दर स्थिर हुनेछ। अर्थात यस योजनाअनुसार घर कर्जा लिने ग्राहकले कर्जा लिएको सात वर्षसम्मको लागि ८%९९ प्रतिशत ब्याज तिर्नुपर्नेछ।कर्जाको सिमा नेपाल राष्ट्र बैंकको घर कर्जा प्राबधान अनुसार अधिकतम…

सत्तारुढ दलका नेताहरुसँग अर्थमन्त्रीकाे छलफल

सत्तारुढ दलका नेताहरुसँग अर्थमन्त्रीकाे छलफल आगामी नीति तथा कार्यक्रम, बजेटको तयारीलगायत विषयमा सत्ता साझेदार गठबन्धनबीच साझा धारणा तयार गर्न अर्थमन्त्री वर्षमान पुनले आइतबार सिंहदरबारमा पूर्व अर्थमन्त्री र सत्तारुढ दलका अर्थ विभाग हेर्ने नेताहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छाडेर नयाँ गठबन्धन बनाएसँगै मुलुककाे बिग्रँदाे अर्थ व्यवस्था सम्हाल्ने जिम्मेवारी पाएका पुनले आर्थिक क्षेत्रका अनुभवीहरुसँग छलफल गरिरहेका छन् । यही क्रममा पूर्वअर्थमन्त्री र दलका आर्थिक विभाग हेर्ने नेताहरुकाे सल्लाह र सुझाव लिन लागिएकाे पुनकाे सचिवालयले जनाएकाे छ । एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीको पाँच दलीय नयाँ सत्ता समीकरण बनेसँगै पुनले फागुन २४ मा अर्थमन्त्रीको…