सुनकाे भाउ दिनदिनै घट्दै

सुनकाे भाउ दिनदिनै घट्दै नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुनको भाउ तोलामै २४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलाको एक लाख ६० हजार रुपैयाँ निर्धारण भएको छ । बुधबार छापावाला सुन तोलाको एक लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेको छ । बुधबार प्रतितोला १९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १९ सय५ रुपैयाँ छ ।

सिभिल सहकारीका १६०० पीडितले फिर्ता मागे सात अर्ब बचत

सिभिल सहकारीका १६०० पीडितले फिर्ता मागे सात अर्ब बचत बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका १६०० पीडितले करिब सात अर्ब रुपैयाँ बचत फिर्ता मागेका छन् । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी पीडितका लागि माग दाबीको निवेदन दिन जारी गरेको ३५ दिने सूचना सोमबार सकिएको थियो । सोमबारसम्म एक हजार ६०० पीडितले सात अर्ब रुपैयाँ दाबी गरेको समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रभात अधिकारीले जानकारी दिए । सिभिल सहकारीलाई बागमती प्रदेश सरकारले २०८० भदौ २१ गते समस्याग्रस्त घोषणा गरेको थियो । सिभिललाई समस्याग्रस्त घोषणा गरेपछि प्रदेश सरकारले २०८० पुस २२ गते समिति गठन गरेको थियो…

भाेलिदेखि कतार एयरले पनि गाैतमबुद्ध विमानस्थलबाट उडान गर्ने

भाेलिदेखि कतार एयरले पनि गाैतमबुद्ध विमानस्थलबाट उडान गर्ने भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले पनि उडान थाल्ने भएको छ। उसले मङ्गलवारबाट उडान थाल्न लागेकाे हो । कतार एयरले अहिले कतार–काठमाडौं दैनिक ३ वटा उडान गरिरहेको छ । मङ्गलवारबाट भने दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ । यो सँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी ५ वटा पुगेका छन् । यसअघि नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ दुबई र थाई एयर एशियाले उडान थालिसकेका छन्। नोभेम्बर १२ देखि ३० सम्म १९ वटा उडान गर्ने गरी अनुमति प्रदान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कतार एयरवेजले हप्ताका सातै दिन दोहा–भैरहवा–काठमाडौं उडान गर्ने प्राधिकरणका सहप्रवक्ता…

अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकलाई

अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकलाई बुटवलमा सम्पन्न प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबि बैकलाई ६–० गोल अन्तरले पराजित गर्दै ग्लोबल आइएमई बैंक बिजयी भएको हो । ग्लोबल आइएमईले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको एनएमबि बैकले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । २९ टिमबिच भएको तिनदिने प्रतियोगिताको अन्तिमदिन आज १६ टिमबिच क्वाटर, सेमी र फाईनल खेल भएको थियो । यस्तै प्रतियोगितामा ग्लोबल आइएमई बैंकका बमबहादुर भुजेल…

गौतमबुद्ध बाट थप अन्तर्राष्ट्रिय उडान सुचारु

गौतमबुद्ध बाट थप अन्तर्राष्ट्रिय उडान सुचारु शेखर बस्नेत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा बाट अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा केही अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम,जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका भनाइ अनुसार विमानस्थलबाट अहिलेसम्म तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेका छन् । यसले विमानस्थल आगामी दिनमा व्यावसायिक उडानहरु बढ्नेछन् र यात्रुहरुको आकर्षण पनि बढ्ने तिवारीले बताउनु भयो । नेपाल एयरलाइन्स र जजिरा एयरले उडान गर्दै आएका थी भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा बाट उडान भर्न लागेको छ । अब भने…

जीबी राई पक्राउ नपर्नुमा सरकारकै हात : सहकारी पीडित

जीबी राई पक्राउ नपर्नुमा सरकारकै हात : सहकारी पीडित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितले सहकारीको रकम अपचलनका मुख्य योजनकार जीबी राईलाई पक्राउ गर्न नसक्नुमा सरकारकै हात रहेको आरोप लगाएका छन् । सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै सरकार नै जीबी राईलाई बचाउन लागेको आरोप लगाएका हुन् । समितिका अध्यक्ष किरण श्रेष्ठले जीबी राईलाई ल्याउँदा अरु नेता पनि जोडिने डरले सबै दलले संरक्षण गरेको आरोप लगाए । ‘जीबी राईलाई नेपाल ल्याउँदा रास्वपाको अर्को नेता जोडिने र कांग्रेस, एमालेका ठूला नेता पनि जोडिने देखिएकाले यिनीहरु सबै मिलेर जीबी राईलाई संरक्षण गरेको हो कि जस्तो…

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन हुँदै

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन हुँदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आउदो मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापुँजीको १०ः६.२५६ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गर्न लागेको हो । सेयर हकप्रद खरिदका लागि पुस १ गतेसम्म खरिद आवेदन दिनअन्तिम समय रहेको कम्पनी ले जनाएको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन्…

वाणिज्य बैंकहरुको नाफा १७ अर्ब ६८ करोड : नबिल र ग्लोबल आईएमईकै हालीमुहाली

वाणिज्य बैंकहरुको नाफा १७ अर्ब ६८ करोड : नबिल र ग्लोबल आईएमईकै हालीमुहाली २० वाणिज्य बैंकहरुले २ महिनामा १७ अर्ब ६८ करोड भन्दा बढी रुपैयाँ खुद नाफा कमाएका छन् । लगभग दुई महिनाको आबधिमा बढी नाफा कमाऊन सफल नबिल बैंक लिमिटेडले रहेको छ । दोस्रोमा बढी चुक्ता पुँजी रहेको ग्लोबल आईएमई बैंकले नाफा कमाएकाे छ । तेस्रोमा मेगा बैंकसंग मर्जर गरेर बनेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नाफा कमाएको छ । चौथोमा एनसीसी बैंकसंग मर्जर गरेर बनेको कुमारी बैंकले नाफा कमाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरूले मुनाफा बढाएका छन् । पहिलो त्रैमासिक वित्तीय विवरण सार्जनिक…

संसदीय समितिको प्रतिवेदनले औंल्याएका कानुनी सुधार गर्न कार्यदल गठन

संसदीय समितिको प्रतिवेदनले औंल्याएका कानुनी सुधार गर्न कार्यदल गठन सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदनले औंल्याएका कानूनी सुधारका कार्य अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा कानून हेर्ने सचिव फणिन्द्र गौतमको नेतृत्वमा कार्यदल गठन भएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सहकारीसँग सम्बद्ध सरकारी निकायका प्रमुखको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्णयअनुसार गठन भएको समितिको सदस्यमा अर्थ मन्त्रालयका वित्तीय क्षेत्र हेर्ने सहसचिव, नेपाल राष्ट्र बैंकका वित्तीय सुपरिवेक्षण तथा नियमन क्षेत्र हेर्ने निर्देशक, सहकारी विभागका रजिष्ट्रार सदस्य रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नमराज घिमिरे सदस्य सचिव छन्…

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् । नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो । इन्डोनेसियाको परराष्ट मन्त्रालयद्वारा प्रदान गरिएको सो अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ठ व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएकोको छ । इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच। सुवोलोले ढकाललाई काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गरेका हो। सुवोलोले ढकालको…