‘वित्तीय साक्षरता अभियान दुर्गम क्षेत्रसम्म पुर्याउँछाैं’
'वित्तीय साक्षरता अभियान दुर्गम क्षेत्रसम्म पुर्याउँछाैं' नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्रसम्म पुर्याउने बताएका छन् । ग्लोबल मनी विकको अवसरमा राष्ट्र बैंकद्वारा साेमबार आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यो अभियानलाई राष्ट्र बैंकले अझ विस्तार गर्ने प्रतिबद्धता जनाए । अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना-कुना लैजाने योजना रहेको पनि जानकारी दिए । उनले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा पनि राख्नको लागि समन्वय भइरहेको जानकारी दिए । उनले कुनै पनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औल्याए । उनले सञ्चारमाध्यमहरुलाई पनि वित्तीय साक्षरता अभियानमा…