सेयर बजारमा तीव्र उतारचढाव
सेयर बजारमा तीव्र उतारचढाव वर्षमान पुनले अर्थमन्त्रीकाे शपथ लिएको भोलिपल्ट बिहीबार सेयर बजारमा तीव्र उतारचढाव देखियो । २०२०.९५ विन्दुबाट खुलेको (११ बजे) सेयर बजार तीव्र वृद्धि हुँदै १२ मिनेटमै २०४०.७४ विन्दुसम्म पुग्यो । त्यसपछि बजार फेरि घट्न थाल्यो । ११ः३० बजेसम्म बजार २०२२.७३ विन्दुमा झर्यो । बजारको तीव्र गिरावटपछि फेरि बढ्दै घट्दै गरेर अन्ततः २०३०.५५ विन्दुमा रोकियो । समग्रमा बजार ०.६७ प्रतिशतले बढ्याे । १३.५१ अंकले बढेको बजारमा होटल तथा पर्यटन, म्युचुअल फण्ड र ट्रेडिङ समूह घटेको छ । बाँकी सबै समूहमा बढोत्तरी छ । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चिख्र्वा हाइड्रोपावर, मध्य भोटेकोशी, बुद्धभूमि…