अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई चेम्बरकाे सुझाव
अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई चेम्बरकाे सुझाव नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल चेम्बर अफ कमर्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४३ बुँदे सुझाव दिएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालसहितको पदाधिकारी एवं कार्यसमितिको टोलीले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटवार्ता गरी सुझाव दिएको हो । बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन चेम्बरले आग्रह गरेको छ । ‘करिब ४ वर्षदेखि मुलुकको अर्थतन्त्र अस्थिर अवस्थामा छ । कोभिड महामारीको प्रभाव, रुस–युक्रेन युद्धले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा पारेको असर एवं पछिल्लो ३ वर्षदेखिको निरन्तर संकुचित नीतिहरुले आर्थिक गतिविधिमा शिथिलता उत्पन्न भएको छ’, अग्रवालले भने । आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन,…