आमजनताले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा राख्न निर्देशन
आमजनताले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा राख्न निर्देशन अर्थमन्त्री वर्षमान पुनले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन सक्ने खालका कार्यक्रम आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा समेट्न निर्देशन दिएका छन् । अर्थसचिव कृष्णहरि पुष्कर, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरू, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उपमहानिर्देशकहरूलाई राखेर शनिबार बजेटका प्राथमिकताबारे निर्देशन दिएका हुन् । उनले सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबिच तालमेल हुनुपर्नेमा जोड दिँदै सत्ता साझेदार दलहरूबीचको न्यूनतम साझा कार्यक्रमभित्र रही विषयगत मन्त्रालयहरूसँगको समन्वयमा बजेट वक्तव्य तयार पार्न निर्देशन दिए । ‘उत्पादन र उत्पादकत्व अभिवृद्धिमार्फत रोजगारीका थप अवसर सिर्जना हुने…