एनआइसी एसियाले मनायो ‘ग्लोबल मनी विक’

एनआइसी एसियाले मनायो ‘ग्लोबल मनी विक’ एनआइसी एसिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थीमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर ‘ग्लोबल मनी विक २०२४’ सम्पन्न गरेको छ ।नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको ‘ग्लोबल मनी विक’ का अवसरमा एनआइसीका सातै प्रदेशका सयभन्दा बढी शाखाले विद्यार्थी तथा युवालाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । यस अभियानबाट ६ हजारभन्दा धेरै जना लाभान्वित भएका छन् भने ३० भन्दा धेरै शाखाले विभिन्न विद्यालयका २५० भन्दा धेरै विद्यार्थीलाई आफ्नो शाखा भ्रमण गराउँदै बैंकिङ्ग प्रणालीका बारेमा जानकारी गराएका…

आमजनताले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा राख्न निर्देशन

आमजनताले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा राख्न निर्देशन अर्थमन्त्री वर्षमान पुनले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन सक्ने खालका कार्यक्रम आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा समेट्न निर्देशन दिएका छन् । अर्थसचिव कृष्णहरि पुष्कर, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरू, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उपमहानिर्देशकहरूलाई राखेर शनिबार बजेटका प्राथमिकताबारे निर्देशन दिएका हुन् । उनले सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबिच तालमेल हुनुपर्नेमा जोड दिँदै सत्ता साझेदार दलहरूबीचको न्यूनतम साझा कार्यक्रमभित्र रही विषयगत मन्त्रालयहरूसँगको समन्वयमा बजेट वक्तव्य तयार पार्न निर्देशन दिए । ‘उत्पादन र उत्पादकत्व अभिवृद्धिमार्फत रोजगारीका थप अवसर सिर्जना हुने…

राम्राे व्यवस्थापनमा चलिरहेका ९ सहकारीमा गम्भीर समस्या : राष्ट्र बैंक

राम्राे व्यवस्थापनमा चलिरहेका ९ सहकारीमा गम्भीर समस्या : राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले राम्रो व्यवस्थापनमा चलिरहेका सहकारीमा पनि गम्भीर समस्या देखिएको जनाएको छ । राष्ट्र बैंक र सहकारी विभागको अनुगमनमा राम्रा भनिएका सहकारीमा समेत संस्थागत सुशासनमा समस्या देखिएको हाे । राष्ट्र बैंकका प्रतिनिधिसहितको संयुक्त टोलीले काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोकमा सञ्चालित नौ वटा सहकारीकाे अनुगमन गरेको थियो । सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायको नेतृत्वमा तीन फरक टोली बनाएर ती सहकारीकाे अनुगमन गरिएको हाे । सञ्चालक र व्यवस्थापकले पदीय दुरुपयोग गर्ने, संस्थाको धेरै कर्जा चलाउने, आफ्ना मान्छेलाई अस्वाभाविक तलब दिने र अन्य कर्मचारीको श्रम शोषण गर्नेजस्ता समस्या अनुगमन क्रममा देखिएको अनुगमनमा संलग्न…

‘सातामा दुई दिन मन्त्रीहरुले स्वदेशी पाेशाक लगाउने व्यवस्था गर्छाैं’

'सातामा दुई दिन मन्त्रीहरुले स्वदेशी पाेशाक लगाउने व्यवस्था गर्छाैं' उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा सातामा दुई दिन स्वदेशमा उत्पादित पोसाक लगाउने व्यवस्था गर्ने सरकारले सोच बनाएको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्वारा ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित ‘विद्यमान व्यावसायिक समस्या तथा समाधान विषयक’ अन्तरक्रियामा उनले नेपाली पोसाकको प्रयोग पहिलो चरणमा सबै मन्त्रीहरूले गर्ने बताए । मन्त्री भण्डारीले भने, ‘हप्तामा दुई दिन नेपाली कोट, पाइन्ट, जुत्ता, टोपी शिरदेखि पाउसम्म राज्यका सबै निकायमा उपभोग गर्ने नीति हामी ल्याउँदै छौँ । पहिला सबै मन्त्री त्यसपछि सांसद र स्थानीय तहका जनप्रतिनिधिले लगाउने छन् ।’ उनले नेपाली बजारमा स्वदेशी उत्पादनको…

धनगढीबाट काठमाडाैं उडेकाे श्री एयरकाे जहाज भैरहवा लगेर अवतरण

धनगढीबाट काठमाडाैं उडेकाे श्री एयरकाे जहाज भैरहवा लगेर अवतरण धनगढीबाट काठमाडाैंका लागि उडेको श्री एयरलाइन्सको जहाज बिहीबार भैरहवामा आपतकालीन अवतरण गरिएको छ । बिहान ७: १२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि बिहान ९:३४ मा भैरहवा विमानस्थलमा आपतकालीन अवतरण गरिएको हाे । ८० सिट क्षमताको जहाजमा दुई बच्चासहित ७७ यात्रु थिए । काठमाडाैंमा अवतरण गर्ने क्रममा माैसम बिग्रिएपछि जहाज आकाशमा होल्ड गरी अन्तिममा भैरहवामा अवतरण गरिएको थियो ।

भैरहवामा खुल्यो मोटरसाइकलको एसेम्ब्लिङ प्लान्ट

भैरहवामा खुल्यो मोटरसाइकलको एसेम्ब्लिङ प्लान्ट नेपालमा होन्डा मोटरसाइकलको एसेम्ब्लिङ सुरु भएकाे छ । होन्डाका मुख्य बिजनेस युनिटका भाइस-प्रेसिडेन्ट मिनोरु काटोले बुधबार भैरहवामा होन्डा ‘एसेम्ब्लिङ प्लान्ट’ उद्‍घाटन गरका छन् । १ अर्ब ५० करोड लगानीमा दुई लाख स्क्वायर फुट क्षेत्रफलमा फैलिएको प्लान्टले वार्षिक एक लाख वटा मोटरसाइकल र स्कुटर उत्पादन गर्ने कम्पनीले बताएको छ । एसेम्ब्लिङ प्लान्ट स्थापना भएसँगै सहायक कम्पनी हिमाल मोटो प्रालि मार्फत उत्पादनको बिक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्भिसिङ सेवा उपलब्ध हुने नेपालका लागि होन्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङले जनाएको छ। नेपालमा ५५ वर्षदेखि विक्री हुँदै आएको होन्डा दुई पाङ्ग्रे सवारीमा नेपालकै सर्वाधिक बिक्री हुनेमध्येको ब्राण्ड हो ।…

लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार : मन्त्री बस्नेत

लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार : मन्त्री बस्नेत ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला निराधार भएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बुधवार बोल्दै ऊर्जा मन्त्री बस्नेतले समाचारहरूमा आए अनुसारको समस्या नभएको दाबी गरेका हुन् । उनले केही दिनदेखि भारतसँग विद्युत् खरिद सम्झौता नवीकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्लामा सत्यता नभएको बताए । मन्त्री बस्नेतले विद्युत् खरिद सम्झौतामा हरेक वर्ष प्रतिस्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको उल्लेख गरे । उनले बाहिर आए जस्तो भारतले विद्युत् आयात गर्ने अनुमति नवीकरण नगर्ने भन्ने अवस्था नभएको बताए…

एनआईसी एशिया बैंकले दियाे बीमाकाे १ करोड २० लाख

एनआईसी एशिया बैंकले दियाे बीमाकाे १ करोड २० लाख एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध बीमा वापत १ करोड २० लाख बीमा रकम भुक्तानी गरेकाे छ । बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८० असार १८ देखि फागुन १४ सम्ममा घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले जम्मा १ करोड २० लाख रूपैयाँ बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको हाे । बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोलेका चक्र बहादुर…

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर भन्ने नाराका साथ चैत ५ देखि ११ सम्म सञ्चालित ग्लोबल मनि विकका अवसरमा सातवटै प्रदेशमा रहेका आफ्ना २५ शाखा कार्यालयबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।यसअन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर, बिर्तामोड, हल्दिबारी र महेन्द्र चोक, मधेश प्रदेशको विद्यापति चोक, वीरगन्ज, कृष्णप्रणामी र राजविराज, बाग्मती प्रदेशको थापाथली, थली, भरतपुर, हेटौंडा र सिनामंगल, गण्डकी प्रदेशको अमरापुरी र दमौली, लुम्बिनी प्रदेशको भुताहा र बढैयाताल, कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, डोल्पा र सिमीकोट तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी, बझाङ र अत्तरियामा साक्षरता कार्यक्रम गरी वित्तीय ज्ञान प्र्रदान…

बोटलर्स नेपालको सेयर मूल्य प्रतिकित्ता १८ हजार

बोटलर्स नेपालको सेयर मूल्य प्रतिकित्ता १८ हजार बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएको करिब साढे २ घण्टापछि यसको सेयर मूल्यमा सर्किट लागेको हो । यो सँगै यसको सेयर मूल्य प्रतिकित्ता १८ हजार २ सय ७६.५० रुपैयाँ कायम भएको छ । एक दिनमा यसका सेयर धनीले एक कित्ता बराबर १ हजार ६ सय ६१.५० रुपैयाँ कमाएका छन् । नेपसेमा यसको १९ लाख ४८ हजार ८ सय ८७ कित्ता सेयर सूचीकृत छ । यसमा ४ लाख ८७ हजार २ सय २१ कित्ता मात्र पब्लिक सेयर छ । यसको बजार पुँजीकरण ३२ अर्ब ३८ करोड ७ लाख…