तीनवटा वाणिज्य बैंकलाई लाभांश बाँड्न राेक
तीनवटा वाणिज्य बैंकलाई लाभांश बाँड्न राेक तीन वटा बैंकको पुँजी कोष नियामकीय प्रावधानभन्दा तल पुगेकाे छ । पुँजी काेष न्यून भएका कारण आगामी वर्ष ती बैंकले लाभांश दिन पाउने छैनन् । प्राथमिक पूँजी कोष अनुपात कम्तीमा ८.५ प्रतिशत हुनुपर्ने राष्ट्र बैंकको नियम छ । राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकअनुसार पुस मसान्तमा एनआईसी एसिया बैंकको यस्तो अनुपात ८.०४ प्रतिशत, कुमारी बैंकको ८.०३ प्रतिशत र प्रभु बैंकको ८.१२ प्रतिशत छ । यी बैंकलाई आगामी वर्ष लाभांश बाँड्न राेक लगाइएकाे हाे । कुनै एउटा त्रैमासमा मात्रै पनि जोखिम भारित सम्पत्तिको तुलनामा प्राथमिक पुँजी कोष पर्याप्तता अनुपात तोकिएको भन्दा कम भएमा बैंकहरूले लाभांश बाँड्न…