अर्थतन्त्रका समस्या समाधानका लागि सर्वपक्षीय छलफलको प्रस्ताव
अर्थतन्त्रका समस्या समाधानका लागि सर्वपक्षीय छलफलको प्रस्ताव नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रका समस्या समाधानका लागि सर्वपक्षीय छलफलको प्रस्ताव राखेका छन् । उनले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको बताए । चितवनमा शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ काे उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भने, 'राजनीति र अर्थतन्त्र फरक भएको कुरा सबैलाई थाहा छ । नेपालमा राजनीतिक परिवर्तन सहज रुपमा गरेका छौं । अर्थतन्त्र मन्दी आएको हिसाबमा समाधान गर्नको लागि सरकारले सक्रिय रुपमा पहल गर्नुपर्छ । सर्वपक्षीय सहभागितामा समाधानको पहल अपेक्षा गरिरहेका छौं ।' उनले मुलुक समृद्धिको सूत्र पर्यटन भएकाले सरकारले त्यही अनुसार नीति कार्यक्रम र बजेट ल्याउनु…