६ महिनामा काठमाडौं महानगरपालिकाकाे बजेट खर्च १७ प्रतिशत
६ महिनामा काठमाडौं महानगरपालिकाकाे बजेट खर्च १७ प्रतिशत देशकै ठूलो बजेट ल्याउने स्थानीय निकाय काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना अर्थात् पुस मसान्तसम्म कुल बजेटको एक चौथाइ पनि खर्च गर्न सकेन । महानगर वित्त विभागका अनुसार कुल विनियोजित २४ अर्ब ९० करोड ६३ लाख २५ हजार बजेटमध्ये ४ अर्ब ३७ करोड ८७ लाख ४७ हजारमात्र खर्च भएको छ । यो चालु आवको कुल लक्ष्यको १७.५८ प्रतिशतमात्र हो । आर्थिक विकासतर्फ विनियोजन भएको ७४ करोड ४४ लाख ८३ हजारमध्ये १८ करोड ६५ लाख रुपैयाँ अर्थात् २५ प्रतिशत खर्च गरेको छ । महानगरको आर्थिक विकास शीर्षकतर्फ कृषि, उद्योग,…