मंसिर १८ देखि गढीमाईमा कृषि एक्स्पाे
मंसिर १८ देखि गढीमाईमा कृषि एक्स्पाे बाराको गढीमाईमा हुने मेलालाई ध्यानमा राखेर कनेक्ट किसानले यही मंसिर १८ देखि २४ गतेसम्म ‘कृषि एक्स्पो गढीमाई २०८१’ गर्ने भएको छ । ५ वर्षको अन्तरालमा लाग्ने गढीमाई मेलामा सहभागी हुने भक्तजन र तराई क्षेत्रका कृषकहरुलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले उक्त एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ । मेलामा किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियन्ताहरूको जमघट हुने मेला संयोजक सञ्चिता लामिछानेले जानकारी दिइन् । उनले एक्स्पोमा २ लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता र ५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने जानकारी दिइन् । आयोजकका अनुसार एक्स्पोमा १५० भन्दा बढी स्टल…