अर्थतन्त्रमा चुनाैती कायमै : अर्थमन्त्री
अर्थतन्त्रमा चुनाैती कायमै : अर्थमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचकहरू सकारात्मक रहे पनि चुनौतीहरू कायमै रहेको बताएका छन् । ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गर्न आइतबार अर्थ मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको बताउँदै उनले भने, ‘अहिले वैदेशिक मुद्राको सञ्चिती राम्रो छ । रेमिट्यान्स आप्रवाह राम्रो छ । मुद्रास्फीति पनि वाञ्छित सीमाभित्र नै रहेको छ । ब्याजदर घटेको छ । बैंकहरुमा पर्याप्त तरलता छ ।’ तर, सूचक सकारात्मक भए पनि चुनौतीहरू भने कायमै रहेकोमा अर्थमन्त्री पौडेलले चिन्ता व्यक्त गरे । उनले भने, ‘अर्थतन्त्रका सूचकहरू राम्रा हुँदाहुँदै…