किन घट्याे सुनकाे भाउ ताेलामै १६ हजार ?
किन घट्याे सुनकाे भाउ ताेलामै १६ हजार ? सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको हाे । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । किन घट्याे त ह्वात्तै सुनकाे भाउ ? महासंघ अध्यक्ष अर्जुन रसाइली भन्छन्, 'सरकारले भन्सार दर घटाएका कारणले ।' ‘सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको हो’ रसाइलीले भने । सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो…