चालु वर्ष आर्थिक वृद्धिदरमा सुधार हुन्छ : गभर्नर
चालु वर्ष आर्थिक वृद्धिदरमा सुधार हुन्छ : गभर्नर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने दाबी गरेका छन् । केन्द्रीय बैंकको बार्षिक उत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारी चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार हुने बताए । आर्थिक वर्ष २०८०/८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल भई समयमा वर्षा भएको र मलको आपूर्ति सहज नै रहेकोले कृषि उत्पादन बढ्ने अनुमान छ । विप्रेषण आप्रवाहमा भएको सुधारले बाह्य क्षेत्र सुदृढ भई बैंकिङ प्रणालीमा तरलता बढेको र कर्जाको ब्याजदर घटेकोले आर्थिक गतिविधि चलायमान हुनका लागि आधार सिर्जना भएको छ । पयर्टक आगमन कोभिडपूवको अवस्थामा…