नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बोनश दर साबिकको भन्दा घटेको विरोधमा अभिकर्ताले देशैभर सांकेतिक विरोधसँगै आन्दोलन शुरु गरेका हुन् ।पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिका अध्यक्ष गणेश अधिकारीले विज्ञप्ती जारी गर्दै पछिल्लो बोनश दर घोषणाप्रति असन्तुष्टी जनाई सकेका छन् । देशको विभिन्न जिल्लास्थित शाखा उपशाखा कार्यालयहरुमा पनि नेपाल लाइफका अभिकर्ताले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । नेपाल लाइफको बीमाङ्कीले तयार पारेको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नियामक नेपाल बीमा प्राधिकरणले यसै महिनामा आव २०७८/७९ को…

नबिल ढुक्क घर कर्जा, नबिलले ल्यायो बैंकिङ उद्योगकै सस्तो ब्याजमा घरकर्जा योजना

नबिल ढुक्क घर कर्जा, नबिलले ल्यायो बैंकिङ उद्योगकै सस्तो ब्याजमा घरकर्जा योजना नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्कु योजना मार्फत नेपालको बैंकिङ उद्योगकै सस्तो ब्याजमा घरकर्जा योजना ल्याएको हो।नबिल बैंकले उद्योगकै सस्तो ब्याजदरमा घरकर्जा योजना ल्याएको छ।नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्कु योजना मार्फत नेपालको बैंकिङ उद्योगकै सस्तो ब्याजमा घरकर्जा योजना ल्याएको हो।योजनाअनुसार न्युनतम ८%९९ प्रतिशतमा अधिकतम ३० वर्षको अवधिको लागि घर कर्जा उपलब्ध हुनेछ भने सात वर्षको लागि ब्याज दर स्थिर हुनेछ। अर्थात यस योजनाअनुसार घर कर्जा लिने ग्राहकले कर्जा लिएको सात वर्षसम्मको लागि ८%९९ प्रतिशत ब्याज तिर्नुपर्नेछ।कर्जाको सिमा नेपाल राष्ट्र बैंकको घर कर्जा प्राबधान अनुसार अधिकतम…

सत्तारुढ दलका नेताहरुसँग अर्थमन्त्रीकाे छलफल

सत्तारुढ दलका नेताहरुसँग अर्थमन्त्रीकाे छलफल आगामी नीति तथा कार्यक्रम, बजेटको तयारीलगायत विषयमा सत्ता साझेदार गठबन्धनबीच साझा धारणा तयार गर्न अर्थमन्त्री वर्षमान पुनले आइतबार सिंहदरबारमा पूर्व अर्थमन्त्री र सत्तारुढ दलका अर्थ विभाग हेर्ने नेताहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छाडेर नयाँ गठबन्धन बनाएसँगै मुलुककाे बिग्रँदाे अर्थ व्यवस्था सम्हाल्ने जिम्मेवारी पाएका पुनले आर्थिक क्षेत्रका अनुभवीहरुसँग छलफल गरिरहेका छन् । यही क्रममा पूर्वअर्थमन्त्री र दलका आर्थिक विभाग हेर्ने नेताहरुकाे सल्लाह र सुझाव लिन लागिएकाे पुनकाे सचिवालयले जनाएकाे छ । एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीको पाँच दलीय नयाँ सत्ता समीकरण बनेसँगै पुनले फागुन २४ मा अर्थमन्त्रीको…

फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता सेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता सेयर बिक्रीमा फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । आइतबारदेखि लिलामीमा राखिएकाे सेयर खरिद गर्न चैत १२ भित्र गोप्य बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । न्यूनतम मूल्य ३१५ रुपैयाँ हुनुपर्नेगरी बोलकबोल आवेदन माग गरिएको छ । उच्च मूल्य दिएका आधारमा सेयर बाँडफाँट हुने क्यापिटलले जनाएको छ । न्यूनतम १५ हजार कित्ता र अधिकतम डेढ लाख कित्ताकै लागि आवेदन दिन सकिनेछ ।

सुनकाे मूल्यमा रेकर्ड : तोलाकै १ लाख २६ हजार

सुनकाे मूल्यमा रेकर्ड : तोलाकै १ लाख २६ हजार सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनकाे मूल्य आइतबार १ लाख २६ हजार कायम भएकाे छ । शुक्रबार प्रतितोला १ लाख २५ हजारमा कारोबार भएको सुन आइतबार प्रतितोला १ हजारले बढेकाे हाे । महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४ सय ताेकिएको छ । तेजाबी सुनको मूल्य शुक्रबार प्रतितोला १ लाख २४ हजार ४ सय थियो । त्यस्तै आज चाँदीको मूल्य शुक्रबार दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर १ हजार ४ सय ७५ रुपैयाँ…

आठ वर्षे विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

आठ वर्षे विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कूल आठ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ । ब्याजदर समेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने राष्ट्र बैंकले सूचनामार्फत जानकारी गराएको छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । यही फागुन २९ गते अपराह्न बोलकबोल हुने छ । ऋणपत्रको साँवा भुक्तानी २०८८ फागुन ३० गते हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र त्यसमा…

ग्लोबल आइएमईका ४१ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

ग्लोबल आइएमईका ४१ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन ग्लोबल आइएमई बैंक लिमिटेडले ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीले सहभागिता जनाए । विभिन्न जिल्लाका ४१ ठाउँमा सञ्चालित कार्यक्रममा ५ हजारभन्दा बढी व्यक्तिलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएकाे छ । बैंकका अनुसार काेसीमा झापाकाे दमक र मोरङ्गको विराटनगर, मधेशमा सर्लाहीको मलंगवा, बागमतीमा काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, रामेछापको दोरम्बा शैलुङ…

बैंककाे ऋण तिर्दिन भन्नेलाई अब छुट दिइन्न : अर्थमन्त्री

बैंककाे ऋण तिर्दिन भन्नेलाई अब छुट दिइन्न : अर्थमन्त्री अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने अभियान सञ्चालन गर्नेलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । आफूलाई बधाई दिन आएको टोलीसँग बिहीबार अर्थ मन्त्रालयमा कुरा गर्दै पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने बताए । ‘बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब छुट दिन सकिँदैन’, उनले भने, ‘त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन ।’ निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको…

सेयर बजारमा तीव्र उतारचढाव

सेयर बजारमा तीव्र उतारचढाव वर्षमान पुनले अर्थमन्त्रीकाे शपथ लिएको भोलिपल्ट बिहीबार सेयर बजारमा तीव्र उतारचढाव देखियो । २०२०.९५ विन्दुबाट खुलेको (११ बजे) सेयर बजार तीव्र वृद्धि हुँदै १२ मिनेटमै २०४०.७४ विन्दुसम्म पुग्यो । त्यसपछि बजार फेरि घट्न थाल्यो । ११ः३० बजेसम्म बजार २०२२.७३ विन्दुमा झर्‍यो । बजारको तीव्र गिरावटपछि फेरि बढ्दै घट्दै गरेर अन्ततः २०३०.५५ विन्दुमा रोकियो । समग्रमा बजार ०.६७ प्रतिशतले बढ्याे । १३.५१ अंकले बढेको बजारमा होटल तथा पर्यटन, म्युचुअल फण्ड र ट्रेडिङ समूह घटेको छ । बाँकी सबै समूहमा बढोत्तरी छ । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चिख्र्वा हाइड्रोपावर, मध्य भोटेकोशी, बुद्धभूमि…

नेपाली बजारमा भित्रियो आइसरको इन्जिन आयल

नेपाली बजारमा भित्रियो आइसरको इन्जिन आयल नेपालका लागि आइशर कमर्सियल भेइकल्सको एक मात्र आधिकारिक वितरक बतास एम. ए. डब्लु. कमर्सियलभेइकल प्रा.लि.ले आइसरको इन्जिन आयल भित्र्याएको छ। टंगालस्थित बतास एम.ए.डब्लु. प्रालिको मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्धनिर्देशक शान्तराज बतासले आइसरको इन्जिन आयल भित्र्याएकाे जानकारी दिए। उनले इन्जिन आयल र स्पेयर पार्ट्ससहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए । आइसर कम्पनीद्वारा उत्पादित इन्जिन आयल, ट्रान्समिसन आयल, इन्डष्ट्रियल आयल आदि नेपाली बजारमाउपलब्ध हुनेछन् । आइसर ल्युब फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा प्रयोग गर्न सकिने जनाइएको छ । भोल्भो र आइशरको…