के थियाे आयकर ऐनको दफा ५७ मा ? किन गरियो संशोधन ?

के थियाे आयकर ऐनको दफा ५७ मा ? किन गरियो संशोधन ? अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयकमार्फत आयकर ऐनको दफा ५७ लगानीकर्ताबाट लगानी प्रोत्साहित र पूँजी वृद्धिको लागि संशोधन गरिएको बताएका छन् । प्रतिनिधि सभामा आर्थिक विधेयक माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै पुनले यस्तो बताएका हुन् । सरकारले लगानीका लागि करसम्बन्धी व्यवस्था केही लचिलो बनाएर लगानीकर्तालाई सकारात्मक सन्देश दिन खोजेको बताए । उनले आयकर ऐनको सो दफामा भएको वर्तमान व्यवस्था अनुसार ३ वर्षको अवधिमा कुनै पनि कम्पनीको स्वामित्व ५० प्रतिशत वा सोभन्दा बढीले परिवर्तन भयो भने सो निकायले आफ्नो सम्पती तथा दायित्व निःसर्ग गरेको मानिने बताए । उनले ५०…

कृषि प्रवर्द्धन गर्न नबिल बैैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

कृषि प्रवर्द्धन गर्न नबिल बैैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धनका लागि समझदारी गरेका छन् । कृषि प्रवर्द्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण, तथा साना किसानहरूमा उद्यमशीलता विकासका लागि समझदारी गरिएको हो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ग्राहकहरूको आवश्यक वित्तीय र गैरवित्तीय सेवाहरूमा पहुँच विस्तार गर्ने मुख्य उद्देश्य राखेर यो समझदारी गरिएको छ । नबिल बैंकले हरित वित्तपोषण र कृषि सम्बन्धी परियोजना विकास तथा…

बजेटमा कर्मचारीबाट गडबड भएकाे छ, छानबिन गर्दैछाैं : मुख्यमन्त्री सिंह

बजेटमा कर्मचारीबाट गडबड भएकाे छ, छानबिन गर्दैछाैं : मुख्यमन्त्री सिंह मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा कर्मचारीले गडबड गरेको बताएका छन् । जनकपुरधाममा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री सिंहले बजेटमा कर्मचारीले खेल गरेको र त्यस विषयमा छानबिन गरिरहेको बताए । जेठ २५ गते जनमतका सिंहको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेको थियो । त्यसको ८ दिनमा मधेश सरकारले आगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रूपैयाँको बजेट ल्याएको छ । ‘सरकार बनेको ८ दिनमै बजेट ल्याएँ, म भन्न चाहन्छु- नेतामात्र परिवर्तन भयो, बनेको बजेटमा कर्मचारीले खेल गरे । धेरै बजेट यताउता भयो । यसबारे आन्तरिक छानबिन गरिरहेका छौं,’…

गौतमबुद्ध र पोखरा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन

गौतमबुद्ध र पोखरा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न प्रधानमन्त्रीकाे निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शनिबार भएको छलफलमा प्रधानमन्त्री दाहालले ती विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे सरोकारवालालाई निर्देशन दिएका हुन् । छलफलमा दाहालले दुवै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएकाले पूर्ण क्षमतामा सञ्चालनका निम्ति समन्वयकारी रूपमा समाधान खोज्न सरकारी निकायहरुलाई आग्रह गरे । राष्ट्रिय गौरवका दुवै परियोजना निर्माणमा राज्यको ठूलो लगानी भएकाे र निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेकाले ती विमानस्थल पूर्ण क्षमतामा…

विद्युतीय गाडीकाे आयात बढ्याे

विद्युतीय गाडीकाे आयात बढ्याे चालू आर्थिक वर्षको अन्त्यमा विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ११ महिना (असारदेखि जेठसम्म) ११ हजार ४ सय ६६ वटा विद्युतीय कार, भ्यान र जीप नेपाल भित्रिएका छन् । जेठमा मात्रै २ हजार ९६९ वटा विद्युतीय गाडी भित्रिएका छन् । याे संख्या वैशाखकाे तुलनामा दाेब्बरभन्दा बढी हो । गत आर्थिक वर्षको ११ महिनामा ३ हजार ८७० वटा विद्युतीय कार, भ्यान र जीप आयात भएका थिए । नेपालमा ५० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारी साधन भित्रिने गरेका छन् । सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका गाडी आयात…

११ महिनामा १ खर्ब १० अर्ब ऋण थपियाे

११ महिनामा १ खर्ब १० अर्ब ऋण थपियाे चालू वर्षको ११ महिनामा मात्र १ खर्ब १० अर्ब ऋण सरकारलाई थपिएको छ । हाल सरकारलाई बाह्य र आन्तरिक गरी २४ खर्ब ९ अर्ब ६९ करोड रुपैयाँ ऋण भार रहेको छ । सरकारले यो वर्ष ४ खर्ब ५२ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य लिएको थियो । जसमा आन्तरिक ऋण परिचालनको लक्ष्य २ खर्ब ४० अर्ब हो भने बाह्य ऋण परिचालनको लक्ष्य २ खर्ब १२ अर्ब रुपैयाँ राखेको थियो । लक्ष्य अनुसार आन्तरिक ऋण हालसम्म २ खर्ब २५ अर्ब उठिसकेको छ भने अब १५ अर्ब रुपैयाँ उठाउन बाँकी छ । बाह्य ऋण…

सहकारी छानबिन समितिद्वारा सराेकारवालासँग छलफल

सहकारी छानबिन समितिद्वारा सराेकारवालासँग छलफल सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले सराेकारवालासँग छलफल गरेको छ । संसद भवन बानेश्वरमा बसेको बैठकमा समितिले समस्याग्रस्त सहकारीको अवस्था, कानूनी समस्या र नियमनको व्यवस्था लगाएतका विषयमा सहकारी मन्त्रालय, सहकारी बोर्डलगायत निकायसँग छलफल गरेको हो । बैठकमा २० वटा समस्याग्रस्त सहकारीका सन्दर्भमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्य सचिवले लिखित प्रतिवेदन बुझाएका थिए । बैठकमा सहकारी क्षेत्रमा समस्या आउनुको कारणबारे जानकारी लिएको र समितिमा प्राप्त सहकारीको प्रतिवेदनका आधारमा छलफल अघि बढाउने एक सदस्यले बताए । सरकारले जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय समिति गठन गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईकाे नयाँ एटिएम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईकाे नयाँ एटिएम ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको छ । यसैगरी, विमानस्थलकै आन्तरिक टर्मिनलमा रहेको एटीएम सेवालाई सेल्फी लिने स्थानमा स्थानान्तरण गरिएको छ । दुवै टर्मिनलमा रहेका एटीएम मेशिन २४ सै घण्टा सञ्चालनमा रहने छन् । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा…

सत्तारुढ दलभित्र बजेटप्रति असन्तुष्टि छैन : दाहाल

सत्तारुढ दलभित्र बजेटप्रति असन्तुष्टि छैन : दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटमा सत्तारुढ दलबीच असन्तुष्टि नरहेकाे दाबी गरेका छन् । उनले नीति तथा कार्यक्रम र बजेट राष्ट्र र जनताको पक्षमा आएको बताए । ‘नीति कार्यक्रम र बजेट जनता र राष्ट्रको पक्षमा आएको छ, सुशासन, सामाजिक न्याय र समृद्धिको क्षेत्रमा पनि सकारात्मक पहलहरू अगाडि आएका छन्,' भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, 'यो सन्तोषजनक छ ।’ उनले आफूले विगतमा भनेजस्तो राष्ट्र र जनताको अपेक्षाअनुसार नभएको उल्लेख गर्दै अझै गति दिन आवश्यक रहेको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटको विराेधजस्ताे मात्रै गरेकाे बताए । उनले भने, ‘विरोधजस्तो मात्रै गर्नुभएको…

पेट्राेलियम ट्याङ्कर चालककाे आन्दाेलन फिर्ता

पेट्राेलियम ट्याङ्कर चालककाे आन्दाेलन फिर्ता आन्दोलनरत ट्याङ्कर चालककाे आन्दाेलन फिर्ता भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्याङ्कर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको हो । समितिले १५ दिनमा अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने छ । सहमतिसँगै तेल आपूर्ति सुरु भएको छ । आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकले आन्दोलन गर्दा देशभर पेट्रोलियम वितरण अस्तव्यस्त बनेको थियो । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकार र निगमसमक्ष विभिन्न ७ बुँदे माग राखेका थिए ।