बैंकमा थुप्रियाे ११ खर्ब : ६ खर्ब तत्काल लगानी गर्न सकिने
बैंकमा थुप्रियाे ११ खर्ब : ६ खर्ब तत्काल लगानी गर्न सकिने बैंक तथा वित्तीय संस्थाहरुसँग ११ खर्बभन्दा बढी लगानी योग्य पुँजी थुप्रिएकाे छ । केन्द्रीय बैंकको नीति अनुरूप चैत मसान्तसम्म बैंक तथा वित्त कम्पनीले विभिन्न सुरक्षण लगानीमा राखेर पनि ६ खर्ब रुपैयाँभन्दा माथि तत्काल लगानी गर्न सकिने रकम रहेको वित्तीय रिपोर्टले देखाएकाे छ । पछिल्ला दिनहरूमा बैङ्कहरूले अपेक्षित लगानी गर्न सकिरहेका छैनन् । २०८० चैत ३० गतेसम्म कूल ६१ खर्ब ८७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका बैङ्कहरूले यस अवधिमा ५० खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् । निक्षेप र कर्जा लगानीको अन्तर ११…